अमेरिकी सांसदको प्रतिनिधिमण्डलले तीनदिने नेपाल भ्रमण गर्ने – Naya Bikalpa
July 26, 2026, Sunday      Epaper

अमेरिकी सांसदको प्रतिनिधिमण्डलले तीनदिने नेपाल भ्रमण गर्ने

काठमाडौं । अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डलले नेपालको तीन दिने भ्रमण गर्ने भएका छन् । उक्त प्रतिनिधिमण्डद शुक्रबार नेपाल आउन लागेको बताइन्छ ।

शुक्रबारदेखि आइतबारसम्म सो प्रतिनिधिमण्डलका सदस्यहरु नेपालमा रहने अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ । राजदूतावासले आगामी अप्रिल २२ देखि २४ गतेसम्म नेपाल भ्रमण गर्न लागेको जानकारी समेत दिएको हो । नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा कंग्रेसले प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्न लागेकाले यस भ्रमणलाई महत्वपूर्ण मानिएको छ ।

सिनेटहरुको भ्रमणका क्रममा युक्रेनमाथि रुसको आक्रमणलगायतका विषयमा छलफल हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित
बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित
  • २०७९ बैशाख ७, १३: २९

काठमाडौं : बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार आज बिहान...

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव
तारकेश्वरमा कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव
  • २०७९ बैशाख ७, १३: २९

काठमाडौं : तारकेश्वर नगरपालिका-९ शुभकामना चोकमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला परेको छ । नक्सालस्थित सानिमा क्यापिटलमा मर्चेन्ट हेडका...

२४ घण्टामा विपद्‍बाट ६ जनाको मृत्यु, वैशाखयता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो
२४ घण्टामा विपद्‍बाट ६ जनाको मृत्यु, वैशाखयता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो
  • २०७९ बैशाख ७, १३: २९

काठमाडौँ : नेपालका २४ जिल्लामा २४ घण्टाको अवधिमा भएका विभिन्न २९ वटा प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परि ६ जनाको...