
उदयपुर : सप्तरीमा यात्रुबाहक बस अनियन्त्रिण भएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ बढी यात्री घाइते भएका छन् ।
उदयपुरको गाईघाट, हडिया हुँदै झापाको काँकडभिट्टा जाँदै गरेको यात्रुबस आइतबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा दुर्घटना भएको हो ।
सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगरातीसहित एक पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका मगरातीलाई उपचारका लागि विराटनगर ल्याइए पनि अस्पताल पुग्नासाथ उनलाई मृत घोषणा गरिएको थियो ।
दुर्घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । बसमा ३५ जना सवार रहेका थिए ।
घाइते हुनेहरूमा सुवेता दाहाल, चेतना भट्टराई, विजय विक, मनोज भट्टराई, मीना भट्टराई, कमला भुसाल, नरमाया मगर, भरत यादव, महमद असलम, वीरेन्द्र ठाकुर, सविता थापा, सुष्मा विष्ट, पवित्रा मगराती, विमलादेवी ठाकुर, मायादेवी थापा, श्याकुमार सदा, मनोज सदा, सनावती चौधरी, निर्मला गुप्ता, पुजनदेवी सिलवाल, गीता सिलवाल र बमबहादुर कार्कीलगायत रहेका छन् ।
बस चालक झापाको मेचीनगर नगरपालिका ७ का ४७ वर्षीय अमृत दर्जी र बसलाई इलाका प्रहरी कार्यालय कन्चनपुरको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...