देशभरका ५० केन्द्रमा एसईईको उत्तरपुस्तिका परीक्षण, दैनिक ३० हजार शिक्षक परिचालन – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

देशभरका ५० केन्द्रमा एसईईको उत्तरपुस्तिका परीक्षण, दैनिक ३० हजार शिक्षक परिचालन

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार हिजो (शनिबार) परीक्षणको काम सुरु भएको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विज्ञप्ति जारी गर्दै महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी शिक्षकहरुलाई आग्रह गरेका थिए ।उत्तरपुस्तिका सम्बन्धित विषयका विज्ञ शिक्षकले परीक्षण गर्दै आएका छन्। उनीहरूलाई जिल्ला शिक्षा समन्वय एकाइले परिचालन गर्दै आएको छ।

उत्तरपुस्तिका परीक्षण १५ दिनभित्र गरिसक्ने लक्ष्य कार्यालयको छ। परीक्षा नियन्त्रक भट्टराईले भने, ‘उत्तरपुस्तिका परीक्षणका लागि विज्ञ शिक्षक परिचालन भइरहेका छन्। यो प्राविधिक काम पनि हो। त्यसैले यति नै दिनमा भन्नेचाहिँ हुँदैन। हामीले १५ दिनभित्र सक्ने लक्ष्य राखेका छौँ।’

बोर्डले परीक्षाफल आगामी असार ७ गतेभित्र सार्वजनिक गर्ने भने पनि उत्तरपुस्तिका परीक्षण तोकिएको समयमा हुन नसकेकाले परीक्षाफल प्रकाशनमा केही ढिलाइ हुने भएको छ।

२० चैतदेखि २९ दिन शिक्षकहरूको आन्दोलनका कारण परीक्षणमा ढिलाइ भएको हो । एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश थिए ।

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०८२ बैशाख २१, १८: ००

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०८२ बैशाख २१, १८: ००

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०८२ बैशाख २१, १८: ००

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...