‘के घर के डेरा : घर नं २’मा शहरको मौलिक कथा – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

‘के घर के डेरा : घर नं २’मा शहरको मौलिक कथा

काठमाडौं : चलचित्र ‘के घर के डेरा : घर नं २’ शहरको मौलिक कथा भएको यसका कलाकार तथा निर्देशकले बताएका छन् । निर्देशक दीपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले सहरको मौलिक कथामा ‘के घर के डेरा : घर नं २’ बनेको बताए ।

गाउँका कथामात्रै मौलिक कथा होइन भन्ने बुझ्न जरुरी रहेको अभिनेता खगेन्द्रको तर्क छ । सहरका कथा पनि मौलिक हुनेमा उनको जोड छ ।

“नेपालीका कथा सबै मौलिक हुन्, चोहे त्यो गाउँको कथा होस् वा सहरको,” शुक्रबार पत्रकारसँगको अन्तरक्रियामा उनले भने, “गाउँ आएर सहरमा संघर्ष गर्ने तर प्रत्यक्ष कनेक्सन गाउँसँग भएका कथा मात्रै मौलिक कथा हुन् भन्ने गलत भाष्य छ । यो तोडिनुपर्छ ।”

सहरमा धनी मान्छे मात्रै बस्छन् भन्ने गलत बुझाइ रहेको उनी बताउँछन् । “सहरमा गाउँको भन्दा चरम गरिबी पनि छ । सहरी गरिबी झन् डरलाग्दो छ,” उनी भन्छन्, “काठमाडौंमा बिजुलीको बिल तिर्न नसक्ने घरभेटी पनि छन् । त्यसैले सहरका कथा पनि हाम्रै हुन् ।”

निर्देशक दीपेन्द्र के खनाल सीमित क्षेत्रफलभित्र ठड्याइएको भौतिक संरचना मात्रै घर होइन । घर बन्न इमोसन र सम्बन्ध चाहिने उनको भनाइ छ ।

“गाउँमा सर्भाइभ गर्न सहज छ । सबैले सबैलाई चिनेको हुन्छ । सहयोग गर्छ । तर, सहरमा कसैलाई चिन्दैन । घर टाँसिएका छन् । मन टाँसिएको हुँदैन,” त्यसैले मेरा अधिकांश सिनेमा सरहका कथामा हुन्छन् । मलाई सहरका कथा भन्न मन लाग्छ । यी सबै कथा मौलिक हुन् । मौलिक सिनेमा हुन् ।”

आफ्नै छुट्टै कथा र आर्कमा ‘के घर के डेरा : घर नं २’ बनेको उनले बताए । पशुपतिको केही दृश्य देखिए पनि धेरै कथा पशुपतिमा नभएको उनले प्रष्ट पारे ।

अभिनेत्री केकी अभिकारीले अर्गानिक कथा भन्नबित्तिकै गाउँकै कथा र गाउँकै सेटअप भन्ने भाष्य रहेको भन्दै यो गलत बुझाइ भएको बताइन् ।

“अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक कथा हो । नेपाली साइन्स फिक्सन पनि नेपाली कथा हो,” उनले भनिन्, “अब गाउँ मात्रै होइन यतातर्फ पनि कथा भनिनुपर्छ । गाउँ, सहर, विदेशका नेपालीका कथा पनि हाम्रै हुन् ।”

‘के घर के डेरा : घर नं २’ को आत्मा लेखक र निर्देशक रहेको उनले बताइन् । साहित्यको नजिक रहेका कथा लेख्न बुद्धिसागर र सबैले मन पराउने कथा भन्ने निर्देशक नै सिनेमाको मुख्य पक्ष र आकर्षण भएको उनको भनाइ छ ।

एउटै छतमुनि आइपुगेका हरेक पात्रको कथा भए पनि कसरी एउटै कथासँग कसरी जोडिन्छन्, त्यो नै सिनेमाको महत्वपूर्ण पक्ष भएको उनले बताइन् ।

‘के घर के डेरा : घर नं २’ले जेठ २ गते रिलिज हुँदैछ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८२ बैशाख २९, ११: ५८

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८२ बैशाख २९, ११: ५८

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८२ बैशाख २९, ११: ५८

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...