प्रधानमन्त्रीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

प्रधानमन्त्रीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा चार प्रतिभाहरुलाई पुरस्कृत गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला), भुवन ढुङ्गाना कोइरालालाई जनही रु एक लाख राशीसहित पुरस्कृत गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले विपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए । उनले भने- ‘अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ तर अधिनायकवाद कस्तो हुन्छ भने त्यसबेला भोग्ने विपीहरु र हामीहरुलाई थाहा छ । जेल हत्कडी र कालकोठरी भोग्नेहरुलाई थाहा  हुन्छ । अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ । अघिल्लो पुस्ताका विपी कोइरालाहरुले सङ्घर्षका लागि बाटो देखाउनुभएको छ । राजनीतिक परिवर्तनका लागि काँग्रेस र कम्युुनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेका छन् । यी लडाइँमा विपी प्रेरणाको मियो हुनुहुन्थ्यो । अब विपी कोइराला र पुष्पलालहरु कुनै दल विशेषका नेता होइनन्, देशकै नेता हुन् ।’

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्यमा अतुलनीय योगदान गरेका जननायक विश्वेश्वरप्रसाद (विपी) कोइरालाले राजनीति र साहित्यमा दिएका योगदानलाई चिरपर्यन्त कायम राख्न नेपाल सरकारको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममार्फत् उक्त पुरस्कारको व्यवस्था भई २०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष पुरस्कार वितरण हुँदै आएको छ ।

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०८२ श्रावण ११, १७: १०

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०८२ श्रावण ११, १७: १०

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०८२ श्रावण ११, १७: १०

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...