बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

एजेन्सी : भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक विज्ञप्ति जारी गर्दै सबैलाई धन्यवाद दिएका छन् र आगामी नयाँ सरकारलाई आफ्नो ‘पूर्ण सहयोग र मार्गदर्शन’ रहने प्रतिबद्धता समेत जनाएका छन् ।

नितिश कुमार हालै मार्च महिनामा बिहारबाट राज्यसभाका लागि निर्वाचित भएका थिए र उनले सांसद पदको शपथ समेत लिइसकेका छन् । उनले राज्यपाल लेफ्टिनेन्ट जनरल (रिटायर्ड) सैयद अता हसनैनलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन् ।

नितिश कुमारको स्थायी मुख्यमन्त्रीको कार्यकाल नोभेम्बर २००५ बाट सुरु भएको थियो, यद्यपि उनी सन् २००० मा पहिलो पटक सात दिनका लागि मुख्यमन्त्री बनेका थिए । आफ्नो शासनकालको सुरुवाती वर्षहरूमा बिहारको कानुनी व्यवस्था र प्रशासनमा सुधार ल्याएपछि उनलाई ‘सुशासन बाबु’ को रूपमा चिनिन थालियो ।

तर पछिल्ला वर्षहरूमा उनले बारम्बार गठबन्धन परिवर्तन गरेको भन्दै आलोचना समेत खेप्नुपरेको छ । उनले सन् २०१५ मा बीजेपी छोडेर आरजेडीसँग गठबन्धन गरे, फेरि २०१७ मा बिजेपीसँग फर्किए, २०२२ मा पुनः आरजेडीसँग गए र २०२४ मा फेरि बीजेपीसँगै मिलेर सरकार बनाएका थिए ।

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०८३ बैशाख १, १८: ०४

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०८३ बैशाख १, १८: ०४

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०८३ बैशाख १, १८: ०४

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...