
काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत रहेको लायन्स क्लब अफ सिवाजले दुर्गम जिल्लाका सामुदायिक विद्यालयमा गएर विद्यार्थीहरुलाई चाहिने अत्यावश्यक सामग्रीहरु वितरण गरेको छ ।

जसअनुसार रुकुम पूर्वको भूमे गाउँपालिका ७ स्थित श्री छेलोफाल्ने आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग, स्टेशनरी सामग्री पानी बोतल साबुन, ब्रस मन्जन लगायतका अत्यावश्यक सामग्री वितरण गर्न क्लबका पदाधिकारीहरु मिति २०८३ साल बैशाख १३ गते आइतबारका दिन श्री छेलोफाल्ने आधारभूत बिद्यालय भूमे गा.पा.–७ गुनाम रुकुम पूर्वको विद्यालयमा पुगी उक्त सामग्रीहरु वितरण गरेका हुन् ।

उक्त कार्यक्रममा मानवअधिकारकर्मी तथा समाज सेवी अनुराधा जोशी, श्रीकृष्ण भण्डारी, बिद्यालयका पूर्व बिद्यार्थी भूमे गा. पा.–७ का स्थानीय बासिन्दा तथा समाजसेवी इन्जिनीयर रामधन श्रेष्ठ तथा बिद्यालयका सम्पूर्ण विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...