शून्य अवस्थाबाट मन्त्रालय सञ्चालन गर्दै मन्त्री महावीर पुन, विज्ञान तथा नवप्रवर्तन ऐन ल्याउने तयारी – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

शून्य अवस्थाबाट मन्त्रालय सञ्चालन गर्दै मन्त्री महावीर पुन, विज्ञान तथा नवप्रवर्तन ऐन ल्याउने तयारी

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन ले मन्त्रालयको काम शून्य अवस्थाबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन्। मन्त्रालय अन्य मन्त्रालयजस्तो पूर्वतयारी अवस्थामा नरहेको उल्लेख गर्दै उनले आवश्यक संरचना र कार्यप्रणाली नयाँ ढंगले निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।

मन्त्री पुनले पदभार ग्रहण गरेको पहिलो दिनमै विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी ऐन निर्माणका लागि विधेयक तयार गर्ने निर्णय गरिएको जानकारी दिए। उनले मन्त्रालय सञ्चालनका लागि आवश्यक कर्मचारी संख्या, दरबन्दी तथा कार्यक्षेत्र निर्धारण गर्न संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण गर्ने निर्णयसमेत गरिएको बताए।

त्यसैगरी, विभिन्न मन्त्रालयअन्तर्गत छरिएर रहेका अनुसन्धान, विज्ञान तथा नवप्रवर्तनसम्बन्धी कार्यक्रम र गतिविधिलाई एकीकृत तथा प्रभावकारी रूपमा अघि बढाउने विषयमा तत्काल गहन छलफल सुरु गर्ने निर्णय गरिएको मन्त्री पुनले उल्लेख गरे।

नवनिर्मित मन्त्रालयलाई प्रभावकारी र परिणाममुखी बनाउने लक्ष्यका साथ आवश्यक कानुनी, प्रशासनिक तथा संस्थागत आधार तयार गर्न मन्त्रालयले प्राथमिकता दिएको मन्त्री पुनको भनाइ छ।

सम्बन्धित समाचार

लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
  • २०८३ जेष्ठ २८, १४: ४८

काठमाडौँ ।  काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०८३ जेष्ठ २८, १४: ४८

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०८३ जेष्ठ २८, १४: ४८

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...