
ललितपुर : नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसिएसआई) को २६औं राष्ट्रिय महाधिवेशन तथा २३औं राष्ट्रिय महिला उद्यमी सम्मेलन यही असार २१ र २२ गते ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सम्पन्न भएको छ।
निर्वाचन समितिका अनुसार ७७ जिल्ला र ७ प्रदेशबाट ८५४ जना प्रतिनिधिले महाधिवेशनमा भाग लिएका थिए। विभिन्न उद्योगी–व्यवसायीका संस्थागत प्रतिनिधिहरुले आफूले उत्पादन गरेका सामग्रीका स्टलसमेत राखी स्वदेशी उद्योगलाई प्रोत्साहन गरेका थिए।

असार २१ गते उद्घाटन सत्रसँगै सांगठनिक प्रतिवेदन, महासचिवको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन बन्द सत्रमा पेस गरिएको थियो। उक्त प्रतिवेदनहरू प्रतिनिधिहरुले आ–आफ्ना सुझावसहित पारित गरेका थिए।
महाधिवेशनको दोस्रो दिन केन्द्रीय निर्वाचन सम्पन्न भएको थियो। केही पदमा निर्विरोध निर्वाचित भए पनि प्रमुख पदहरूमा भने सोमबार राति अबेर निर्वाचन भएको थियो। राति अबेरसम्म मतदान सम्पन्न भएपछि मतगणना गरिएको थियो। निर्वाचित कार्यसमितिलाई मंगलबार बिहान बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको तथा निर्वाचन समितिले निर्वाचित प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको थियो।

२६औं महाधिवेशनबाट तनहुँकी शोभा गुरुङ अध्यक्षमा निर्वाचित भएकी छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सुनसरीका डम्बरप्रसाद रेग्मी, महासचिवमा तनहुँका विनोद देव पन्थ, कोषाध्यक्षमा भक्तपुरका वीरेन्द्र जती तथा सचिवमा सुदूरपश्चिमका प्रेमबहादुर डी.सी. निर्वाचित भएका छन्।
निर्वाचन समितिमा संयोजक शान्तिरामा खतिवडा तथा सदस्यहरू रविन्द्रकुमार ढुंगाना र इन्दु कार्की रहेका थिए। धेरै पदमा सहमति भए पनि मुख्य पदहरूमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो।

महासंघको केन्द्रीय कार्यसमितिमा विधागत उपाध्यक्षहरूतर्फ लघु उद्यम उपाध्यक्षमा पूर्णबहादुर भण्डारी, घरेलु उद्योग उपाध्यक्षमा सत्यनारायण अग्रवाल, नवीकरणीय ऊर्जा उपाध्यक्षमा गुणराज ढकाल (विलास) र साना उद्योग उपाध्यक्षमा यादवकुमार अधिकारी निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध उपाध्यक्षमा हरिहर थापा, महिला उपाध्यक्षमा जानकी प्रधान, वस्तुगत उपाध्यक्षमा मोहन कटुवाल, एसोसिएट्स उपाध्यक्षमा रामनाथ मैनाली, सहकारी उपाध्यक्षमा सत्यनारायण प्रजापती, कृषि उपाध्यक्षमा चन्द्रबहादुर बुढा क्षेत्री तथा सह-कोषाध्यक्षमा हेमविक्रम जी.सी. निर्विरोध निर्वाचित भएका छन्।

महिला उद्यमी समितितर्फ केन्द्रीय महिला उद्यमी समितिको अध्यक्षमा रिता अवालसहित अन्य सबै प्रमुख पदाधिकारीहरू निर्विरोध चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा शान्ति शर्मा, उपाध्यक्षहरूमा शर्मिला खत्री र सोनी महतो, महासचिवमा सुलोचना श्रेष्ठ, कोषाध्यक्षमा मिना तामाङ तथा सचिवमा दीपा शाक्य रहेका छन्।
महासंघका केन्द्रीय सदस्यहरूमा रिता ढकाल दवाडी, कुमार कसाजु श्रेष्ठ, डिमा शेर्पा, ठाकुरप्रसाद न्यौपाने, रामकृष्ण श्रेष्ठ र रामहरी तोलाड पनि निर्वाचित भएका छन्।

त्यस्तै, अमृतप्रसाद सिग्देल, अष्टमान महर्जन, कन्हैयालाल कसौधन, जंगबहादुर गिरी, पवन अधिकारी, प्रदीपप्रसाद उदय, फुवा दोर्जे शेर्पा, बसन्तकुमार महर्जन, विक्रम सापकोटा, लवराजा सिंह, लक्ष्मण स्वच्छा, शिवलाल गिरी, सितम भण्डारी र सूर्यबहादुर थापा निर्वाचित भएका छन्।
महिला सदस्यतर्फका ७ वटा सिटमा उमाकुमारी खत्री, कमला बास्कोटा रिजाल, तुलसा कुमारी कँडेल, रूपादेवी श्रेष्ठ, लक्ष्मी घिमिरे बस्नेत, लिला कुमारी पाण्डे र शर्मिला अधिकारी निर्वाचित भएका छन्।
नवनिर्वाचित समितिको पहिलो बैठक बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बसेको थियो।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार आज बिहान...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमणको कडा निन्दा गर्दै लोकतन्त्रमा विचार फरक हुन...