१. भेला जब सम्मेलन हुनपुग्यो………
अहिले नेपालीकांग्रेस कतिवटा छन् ?बीपी कोइराला,गणेशमान सिंह, कृष्णप्रसार भट्टराई, सुवर्ण समशेर राणाको अगुवाइमा गठित नेपालीकांग्रेस एउटै छ । १४औँ महाधिवेशनबाट संगठित नेपालीकांग्रेसमात्यसबेलाधाँजा फाट्यो जब महामन्त्रीदुवैले विशेष अधिवेशनकालागिप्राप्तनिवेदनलाई स्वीकार गरी नेकां विधानको दफा १७.२ अनुसारको बाध्यकारी अधिवेशन गराए र १४औँ महाधिवेशनको समिति विघटन भई नयाँकामचलाउ समिति गठन भयो जसको नेतृत्वतत्कालीनमहामन्त्रीगगनकुमार थापाले गर्न थालेका हुन् ।
त्यो समितिमा कोको छन् भन्ने कुरा गौण हो तर चौधौँ महाधिवेशनको अस्तित्वकति छ भन्ने कुरामा अब सर्वोच्च अदालतप्रवेश गर्ने अवस्थाआएको देखिन्छ । त्यसैपनिविशेष अधिवेशनको नेतृत्वलाई अस्वीकार गर्नेहरुबाट नेपालीकांग्रेसका नाममा नै राष्ट्रिय भेला गर्ने निधो गरेका थिए साउन २९ देखि ३१सम्मका लागि । तर हारेको मुद्दामा सुरुदेखि नै सुनुवाइहुने भएपछि आफूलाई मुख्यकांग्रेस ठान्ने तर विशेष अधिवेशनमाभागनलिएका नेतातथाकार्यकर्ताहरुको भेलाले वैधानिकताप्राप्त गर्न भनेर भेलालाई सम्मेलनको नामदिइयो । कांग्रेस अहिलेसम्म एउटै छ तर आपसमा मत नमिलेर छिन्नभिन्न हुने अवस्थामापुगेको देखिन्छ । भन्नेले त के पनि भन्छन् भने चाहे आफूलाई मूलधारा मान्नेहरु हुन् या विशेष परिस्थितिमाविशेष अधिवेशन गरेर पार्टी जोगायौँ भन्नेहरु हुन् दुवै पक्षलाई आफूमामिल्ननसक्नेहरुले निस्सा पाऊन् या भोलि निर्वाचनजितेर हस्तिनापुरको राज्यलिऊन् या सानेपामा रजगज गरुन्, तिनले कसरी मुलुकलाई मिलाएर शासनगर्लान् ?विशेष अधिवेशन गर्ने पनिउनै कांग्रेस हुन्, राष्ट्रिय भेला गर्ने पनिउनै कांग्रेस हुन् अनिविवाद गर्नुभन्दाआपसमा बसेर सूत्र निकाल्ने र आगामीमहाधिवेशनलाई एकताबद्ध महाधिवेशन गर्ने नीतिआवश्यक छ ।
अहिले वामपन्थीहरु सरकारमा घुस्ने, रास्वपाको नजिकपुगेर विश्वासिलो हुने, वामएकताको नाममाएकीकृत हुने र बीपीले इन्डोनेसियाको उदाहरण दिँदाकामरेड अडिटको कुरा गरेजस्तै गरी संगठित हुने प्रयासमा देखिन्छन् । तर गैर वामपन्थीहरु भने आपसमाखिँचातानी गर्ने, गैरवाममध्ये सबैभन्दाविश्वसनीय र ठुलो दल नेपालीकांग्रेस आफैँमायदुवंशीजस्तै हुने र आफ्नो संगठनभित्र गर्ने कुरा अदालतमार्फत् प्राप्त गर्ने अभीष्टता राख्ने ?अनि कोहीपनिआफ्नो इगोभन्दादललाई ठुलो नमान्ने ?भन्ने बेलामाबीपी, गणेशमानजी, किसुनजीको त्यागको कुरा गरेर आफू त्यसैको अनुयायीमान्नेहरु दलभन्दाआप्mनो व्यक्तिगत पद र स्वार्थको पक्षमावकालतगर्दै पार्टी एकताको कुरा गर्ने ?प्रजातन्त्रवादीहरुसँग साझा मुद्दामा एकता गर्नु पर्ने बेलामाआफ्नै पार्टीमाधाँजा फटाएर अर्थात् घर जलाएर आगो ताप्ने र त्यही घरको खरानीमालुगाधुने कामभइरहेको बाहिरबाट देखिन्छ ।
विशेष अधिवेशनले जस्तोसुकै विधानपारित गरेको होस्, भेलाबाट सम्मेलन भएको भेलाले जस्तोसुकै प्रस्तावपारित गरेर जनताको आँखामा वैधानिकताको लेपन लगाउनखोजून्, नेपालीजनताले चाहेका हुन् एउटा नेपालीकांग्रेस । सवैतिरबाट संविधानमाथिधाबाबोलिएको बेला छ, हिजो आफूले मानेको संविधानमाथिआफैँ प्रश्न उठाउनेहरुको जमात छ अनित्यस्तो बेलामा एकताबद्ध प्रजातान्त्रिकशक्तिको सिंगो नेतृत्व गर्ने बेलामाआफूमा फुट र गुट देखाएर अनि वैधानिकताको विवादमाअदालतधाएर के होला?धुजाधुजा पार्टींभित्रबाइसे चौबिसे राज्यचलाउने होला?लाजलाग्ने बेलाभयो तीमतदाताहरुलाई जसले २०८२सालको अप्ठेरो बेलामापनि १८लाख मत दिए । ११लाख मत विशेष अधिवेशनका कारणले हरायो कि त्यसकै कारणले बच्यो भन्ने कुराको अहिले निर्कौल हुँदैन, यो काल्पनिक कुरा हो । बरु माघ ४गते गगनको नेतृत्वलाई निर्वाचनआयोगले मान्यतानदिएर झुलाएको भए नेपालीकांग्रेस निर्वाचनमाशून्यमाझथ्र्यो र समानुपातिकतर्फको मत गणना हुँदैनथ्यो किनभने नेपालीकांग्रेस भन्ने दलको वैधानिकताको नै विवाद रहेको हुन्थ्यो, कोहीपनि उठ्न पाउँदैनथे दलको नाममा । कम्तीमाअहिले ३८जना त छन् प्रतिनिधि सभामा । सायद यहीभएर होला, सांसदहरु राष्ट्रिय भेलामा देखिएनन् । त्यसो त राष्ट्रिय भेलापनिकांग्रेसकै थियो, सानेपापनिकांग्रेसकै हो ।
आममतदाता चाहन्छन् आपसमा बसेर त्यस्तो निर्णय गरुन् जसले सर्प पनि मरोस् र लौरो पनिनभाँचियोस् । अब विवादआयो, आपसमा मन माझामाझ गर्नैपर्ने भयो भने दुई पक्षकाबिचमा समझदारी हुने गरी मध्यस्थता गर्ने प्रजातन्त्रवादीहरुको समूहतयार गरौँ र आगामीनिर्वाचनको लागिएकताको सूत्र निकालौँ । महाधिवेशन छिटो गरौँ, भावी नेतृत्व सहमतिमातयार गरौँ भनेर भन्नेहरुको आवाज हराएको देखिन्छ । अहंकारभन्दादुवैतर्फ सहिष्णुता देखाउने काम गरौँ । पार्टी एकताको लागिजुनसुकै त्याग गर्न पनितयार हुने हो भने कतिबेर लाग्छ र एकताको सन्देश प्रवाह गर्न ? वैधानिकताको एउटा पाटो आपैmँ तयार हुन्छ यदिएकताभएमा । यसमा महत्वपूर्ण भूमिका रहने छ पूर्व प्रधानमन्त्रीतथापूर्व सभापति शेरबहादुर देउवाको जो भर्खरै विदेशबाट स्वस्थभएर नेपाल फर्कनु भएको छ र राष्ट्रिय भेलाको नेतृत्वसमेत गर्नुभएको छ । अदालतको निर्णयभन्दाआपसका बसेर गरेको निर्णय स्थायी हुन्छ भन्ने कुरा जति देउबाजीलाई थाहा छ, त्यति अरु कसैलाई थाहा छैन पनि ।
२. जब चुलो बल्न छाड्छ, जनता सडकमा निक्लने छन् ……
तलब वृद्धि भयो कसलाई भने जो राष्ट्रसेवामा समर्पित छन् । पेन्सनतिनको मात्र पाक्छ जो हिजो राष्ट्रसेवामाथिए । भनिन्छ तलबमापनिविभेद गरिएको छ, पेन्सनमापनिविभेद गरिएको छ । पेन्सनमा बसेकाहरुलाई महङ्गी बढेकै छैन जस्तो छ । आमनागरिक महङ्गीबाट प्रताडित छन् । नेपाल राष्ट्र बैंकले पनिफुकीफुकी निर्णय गर्दासमेत महङ्गी बढेकै भनेको छ । ग्याँस पाइँदेन, तेलको भाउ बढेकै छ , खाद्यान्नको भाउले सगरमाथाचुमेको छ । बालेन्द्र सरकारको उदयपछि मात्रमहङ्गी बढेको होइन, तर सरकार चलाउने ढंग नपुग्दाभने कृत्रिमरुपमामहङ्गी बढेको हो तर त्यसको नियन्त्रणमा स्टन्टमात्र भयो, रोकिएन ।
त्यसकालागिकुनै प्रभावकारी कदमचालिएन । व्यापारीहरुले कृत्रिमअभाव देखाउने पुरानै चलनमाआपूmलाई अभ्यस्त राखे किनभने बालेन्द्र सरकारले निजी क्षेत्रलाई विश्वासमालिन सकेको देखिएनजवकि भेटघाटको क्रमभने खुबै हल्ला गरेर प्रचार गरियो । मुलुकअत्यन्त संवेदनशीलअवस्थामा छ भनिन्छ आफ्नै स्वार्थमा तर संवेदनशीलताको पक्षमाकुनै छलफल हुँदैन दलहरुकाबिचमा । सरकारभन्दा रास्वपा सक्रियभएको छ जसलाई मुखले पिउनु पर्ने पानीनाकले पिएको भनेर उदाहरण दिनथालेको छन् राजनीतिक पर्यवेक्षकहरुले ।
अनि के पनिबुझ्नु पर्छ भने जब चुलो बल्न छोड्छ, जनतापोहोर भदौ २३, २४भन्दा अझ कडारुपमा देखिने छन् । त्यसको संकेत पाइनथालेको छ । सरकार असफलहुने छुट छैन, तर आफ्ने ढंगले असफलतातर्फ तीब्र गतिमा रकेटको गतिमा दौडिरहेको देखिन्छ । जस्तो अवस्था आउँछ, त्यसको मूल्य देशले बेहोर्नु पर्ने हुन्छ । अब यो देशले धेरै समस्याझेल्न सक्दैन, बरु सरकारको नेतृत्वपक्ष परिवर्तन गरेर भएपनि रास्वपाले स्थितिलाई सहजीकरण गर्न भने सक्छ । रास्वपाका सांसदहरुको ताल हेर्दा यो दल पाँचवर्ष होइन, दुई वर्षसम्म पनि एकताबद्ध रहला या नरहलाभन्ने शंकाउत्पन्नहुनथालेको छ । (नयाँ विकल्प साप्ताहिकबाट)
काठमाडौं : नेपाली कांग्रेसले समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाबारे विस्तृत समीक्षा गर्दै विभिन्न महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना रहेको बताएका छन्...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गरेका छन् । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहसँग...