एसियाली खेलकुद : महिला भलिबलमा नेपाल जापानसँग पराजित – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

एसियाली खेलकुद : महिला भलिबलमा नेपाल जापानसँग पराजित

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोली जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा पराजित भएको छ ।

नेपाल आज आफ्नो पहिलो खेलमा आयोजक जापानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । कोमाकी आइचीमा भएको उक्त खेलमा जापानले नेपाललाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–११ अङ्कले पराजित गरेको हो ।

समूह ‘ए’ मा रहेको नेपालले अब दोस्रो खेल  बिहीबार इन्डोनेसियाविरुद्ध खेल्ने छ । नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक एसियाली खेलकुद खेलिरहेको छ । यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा महिला भलिबल टोलीले पहिलो पटक प्रतिस्पर्धा गरेको थियो ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ भाद्र ३१, २०: २४

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ भाद्र ३१, २०: २४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ भाद्र ३१, २०: २४

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...