एसियाली खेलकुद : महिला भलिबलमा नेपाल जापानसँग पराजित – Naya Bikalpa
September 16, 2026, Wednesday      Epaper

एसियाली खेलकुद : महिला भलिबलमा नेपाल जापानसँग पराजित

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोली जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा पराजित भएको छ ।

नेपाल आज आफ्नो पहिलो खेलमा आयोजक जापानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । कोमाकी आइचीमा भएको उक्त खेलमा जापानले नेपाललाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–११ अङ्कले पराजित गरेको हो ।

समूह ‘ए’ मा रहेको नेपालले अब दोस्रो खेल  बिहीबार इन्डोनेसियाविरुद्ध खेल्ने छ । नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक एसियाली खेलकुद खेलिरहेको छ । यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा महिला भलिबल टोलीले पहिलो पटक प्रतिस्पर्धा गरेको थियो ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ७ हजार प्रतिनिधि सहभागी हुने, ९ हजार निर्वाचन अधिकृत फिल्डमा
कांग्रेसको १५औं महाधिवेशन : ७ हजार प्रतिनिधि सहभागी हुने, ९ हजार निर्वाचन अधिकृत फिल्डमा
  • २०८३ भाद्र ३१, २०: २४

काठमाडौं : नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनलाई व्यापक सहभागिता, पारदर्शिता र प्रविधिमैत्री ढाँचामा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। पार्टीका...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
  • २०८३ भाद्र ३१, २०: २४

काठमाडौं : सरकारले नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री...

बाढीप्रभावितलाई विद्युत् सेवामा राहत दिइने
बाढीप्रभावितलाई विद्युत् सेवामा राहत दिइने
  • २०८३ भाद्र ३१, २०: २४

काठमाडौं : सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने घोषणा गरेको छ...