
काठमाडौं : एसियाली खेलकुदको २०औं संस्करण जापानको नागोया पालेमा मिजुहो एथलेटिक्स रंगशालामा भब्य समारोहबीच जापानका सम्राट नारु हितोले उद्घाटन गरे ।
उद्घाटन समारोहमा नेपालसहित सबै सहभागी टिमले मार्च पास्ट गरेका थिए । सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठको नेतृत्वमा नेपाली टिमले मार्च पास्टमा सहभागी भएको थियो ।
बक्सिङ खेलाडी चन्द्रबहादुर थापा र कबड्डी खेलाडी मानमति बिष्टले नेपालको झण्डा बोकेको थिए । नेपालबाट २१ खेलमा १ सय ३५ जना खेलाडीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने राखेपअन्तर्गत प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहालले जनाएका छन् ।
४५ देशका ११ हजार बढी खेलाडी सहभागी छन् । जापानमा यस अघि १९५८ मा तेस्रो र १९९४ मा १२औ संस्करण आयोजना भएका थिए भने २० औ स्सकरण आयोजना भइरहेको छ ।
काठमाडौं : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन्...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार...
काठमाडौं : सरकारले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीलाई सामान्य प्राकृतिक बाढीभन्दा फरक घटनाका रूपमा परिभाषित गर्दै...