एसियाली खेलकुद : क्रिकेटमा नेपालको विजयी सुरुवात – Naya Bikalpa
September 25, 2026, Friday      Epaper

एसियाली खेलकुद : क्रिकेटमा नेपालको विजयी सुरुवात

काठमाडौं : एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए । रोहित पौडेलले ३३ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।

त्यसअघि जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो ।

अफगानिस्तानका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले समान ३० रन बनाए । नान्गेलिया खान १७ रनमा अविजित रहे ।

नेपालका लागि कुशल भुर्तेलले चार विकेट लिए भने ललित राजवंशीले तीन विकेट झारे ।

सम्बन्धित समाचार

वर्षाका कारण काठमाडौंको फोहोर बिसर्जन प्रभावित
वर्षाका कारण काठमाडौंको फोहोर बिसर्जन प्रभावित
  • २०८३ आश्विन ९, १३: ५३

काठमाडौं : निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन प्रभावित भएको छ । सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा वर्षाका कारण लेदोसहितको पानी...

काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
  • २०८३ आश्विन ९, १३: ५३

काठमाडौं : विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण...

काठमाडौ कांग्रेसका चर्चित युवा ई. सुसन वैद्य महानगरको सभापतिमा निर्विरोध निर्वाचित
काठमाडौ कांग्रेसका चर्चित युवा ई. सुसन वैद्य महानगरको सभापतिमा निर्विरोध निर्वाचित
  • २०८३ आश्विन ९, १३: ५३

काठमाडौं : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको सभापतिमा ई. सुसन वैद्य निर्वाचित बनेका छन्। बुधबार भएको महानगर...