एसियाली खेलकुद : टेनिसमा बास्तोला र खड्काको जोडी विजयी – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

एसियाली खेलकुद : टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

काठमाडौं : जापानको आइची–नागोयामा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको पुरुष डबल्सतर्फ नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडीले विजयी सुरुवात गरेको छ ।

हिगाशियामा पार्क टेनिस सेन्टरमा आज भएको पुरुष डबल्सको पहिलो चरणको खेलमा बास्तोला र खड्काको जोडीले मंगोलियाका बाराख मुन्खबातार र जोल्बदार उर्नुखको जोडीलाई ६–२, ४–६ र १४–१२ अंकले पराजित गरेको हो ।

बास्तोला र खड्काको जोडीले पहिलो सेट सहजै आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेट मंगोलियाली जोडीले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट प्रतिस्पर्धात्मक बन्यो । अन्तत: बास्तोला र खड्काको जोडी उक्त सेट आफ्नो पक्षमा पार्दै विजयी भयो ।

यो जितसँगै बास्तोला र खड्काको जोडीले प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएको छ । अब उक्त जोडीले क्वार्टरफाइनल प्रवेशका लागि भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८३ आश्विन ११, १५: ५३

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०८३ आश्विन ११, १५: ५३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...

आज देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाइँदै
आज देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाइँदै
  • २०८३ आश्विन ११, १५: ५३

काठमाडौं । सूर्यदेवको आराधना, प्रकृतिप्रतिको सम्मान तथा पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित आज देशभर छठ पर्व मनाइँदैछ । चार...