श्रीलंकासँगको खेल वर्षाले रद्द हुँदा नेपाल एसियाली खेलकुदबाट बाहिरियो – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

श्रीलंकासँगको खेल वर्षाले रद्द हुँदा नेपाल एसियाली खेलकुदबाट बाहिरियो


काठमाडौं : २०औं एसियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेटमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द हुँदा नेपाल बाहिरिएको छ।

मंगलबार बिहान पौने ६ बजे जापानको कोरोगी स्पोर्ट्स पार्कमा हुने तय भएको खेल वर्षाका कारण रद्द भएको हो।

खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ। श्रीलंकाले सेमिफाइनलमा भारतसँग सामना गर्नेछ। नेपालको यात्रा भने टुंगिएको छ।

यसअघि नेपाल समूह एको बिजेता बनेको थियो। जापानसँग भएको खेल पनि वर्षाका कारण नो रिजल्टमा टुंगिएको थियो। खेलमा नेपालले १५ ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको थियो।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८३ आश्विन १३, ०८: ०१

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०८३ आश्विन १३, ०८: ०१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...

आज देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाइँदै
आज देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाइँदै
  • २०८३ आश्विन १३, ०८: ०१

काठमाडौं । सूर्यदेवको आराधना, प्रकृतिप्रतिको सम्मान तथा पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित आज देशभर छठ पर्व मनाइँदैछ । चार...