चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको दोहोरो प्रभाव: चार प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको दोहोरो प्रभाव: चार प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौँ — बङ्गालको खाडीमा विकसित भएको चक्रवात “अर्नब” को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा मध्यम वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
यो मौसमी प्रणालीको प्रभाव भोलि (आइतबार) अपराह्नदेखि मात्र क्रमिक रूपमा कम हुँदै जाने मौसमविद्हरूले बताएका छन्।
दिउँसो र रातिको मौसम पूर्वानुमान

चार प्रदेशमा भारी वर्षाको सतर्कता: आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। यस्तै, यी चार प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेको छ।
बाँकी प्रदेशको अवस्था: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपात हुन सक्नेछ।

रातिको मौसम: राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना यथावत् रहनेछ।
मौसममा आएको यो बदली र भारी वर्षा/हिमपातका कारण हुन सक्ने चिसो, यातायात अवरोध तथा हिमाली क्षेत्रका पदयात्रामा पर्न सक्ने प्रभावबाट बच्न महाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित समाचार

सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
  • २०८३ कार्तिक १५, ०७: ००

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०८३ कार्तिक १५, ०७: ००

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...

भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
  • २०८३ कार्तिक १५, ०७: ००

भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा शनिबार बिहान आगलागी भएको छ। शनिबार बिहान करिब ७...