
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश पूर्ण रूपमा तयार हुँदै गएको बताएका छन् ।
सुर्खेत पुगेर निर्माणाधीन रंगशाला तथा विभिन्न खेल पूर्वाधारको स्थलगत अवलोकन गरेपछि मन्त्री पोखरेलले प्रतियोगिता आयोजनाबारे आश्वस्त रहन आग्रह गरेका हुन् ।
अवलोकनका क्रममा उनले आयोजक, स्थानीय पदाधिकारी तथा सरोकारवालासँग पूर्वाधार निर्माणको प्रगति र बाँकी कामबारे छलफल गरेका थिए । निरन्तरको प्रयास र आपसी संवादले निर्माण कार्यलाई गति दिएको उल्लेख गर्दै उनले रंगशाला तथा अन्य खेल संरचनाहरू क्रमशः तयार हुँदै गएको बताए ।
मन्त्री पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ३० दिन मात्र बाँकी रहेको घोषणा गर्दै प्रतियोगिताको काउन्टडाउन सुरु भएको जानकारी दिए । लामो समयदेखि विभिन्न कारणले रोकिँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णाली प्रदेशको खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वाससमेत उनले व्यक्त गरे ।
सुर्खेत भ्रमणका क्रममा मन्त्री पोखरेलले आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकासमन्त्री जीतबहादुर मल्लसँग पनि भेटवार्ता गरेका थिए । भेटमा प्रतियोगिताको तयारी, खेल पूर्वाधार निर्माणको अवस्था तथा बाँकी काम समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८...
काठमाडौँ : यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको जनाइएको छ । नेपाल...
काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ पटक आमरण अनशनमा रहेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था हाल...