डोल्पा कारागारबाट भागेका आठमध्ये चार कैदी पक्राउ – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

डोल्पा कारागारबाट भागेका आठमध्ये चार कैदी पक्राउ

डोल्पा : जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका चार जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आज त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित रङ गाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा सोही नगरपालिका–७ घर भएका जबर्जस्ती करणीसम्बन्धी कसुरमा आठ वर्ष कैद सजाय तोकिएका २९ वर्षीय कालीप्रसाद रोकाय र नलगाड नगरपालिका–९ जाजरकोट घर भई नकबजनी चोरीसम्बन्धी कसुरमा तीन वर्ष कैद सजाय तोकिएका १९ वर्षीय कैलाश भन्ने कपिल परियारलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार मंगलबार आठबिसकोट नगरपालिका १० रुकुमपश्चिम घर भएका जबर्जस्ती करणी मुद्दाका कैदी ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ सल्यान घर भएका जबरजस्ती करणी मुद्दाका कैदी २८ वर्षीय रेशम राना  पक्राउ परेका थिए । चेकजाँचको क्रममा भाग्न खोज्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता राठौरले बताए ।

यही कात्तिक १४ गते शुक्रबार बिहान ६ बजे डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी भागेका थिए । भागेका अन्य कैदीबन्दीको खोजी कार्य भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८३ कार्तिक १९, १६: १२

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०८३ कार्तिक १९, १६: १२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...

आज देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाइँदै
आज देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाइँदै
  • २०८३ कार्तिक १९, १६: १२

काठमाडौं । सूर्यदेवको आराधना, प्रकृतिप्रतिको सम्मान तथा पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित आज देशभर छठ पर्व मनाइँदैछ । चार...