तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोही मौसमी प्रणालीका कारण मधेस, कोशी र बागमती प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी तराई भूभागको मौसम सफा रहनेछ। यसै क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। रातिको समयमा गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैगरी, आगामी शुक्रबार पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८३ कार्तिक २०, ०७: २९

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०८३ कार्तिक २०, ०७: २९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...

आज देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाइँदै
आज देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाइँदै
  • २०८३ कार्तिक २०, ०७: २९

काठमाडौं । सूर्यदेवको आराधना, प्रकृतिप्रतिको सम्मान तथा पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित आज देशभर छठ पर्व मनाइँदैछ । चार...