एनपिएलमा आज दुई खेल – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

एनपिएलमा आज दुई खेल


काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा शुक्रबार दुई खेल हुँदै छन्।

पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।

त्रिवि मैदान कीर्तिपुरमा खेल दिउँसो १ बजे हुनेछ।

चार खेल खेलिसकेको सुदूरपश्चिमका लागि आजको खेल महत्त्वपूर्ण छ। चार खेलमा उसले दुई खेल मात्रै जितेको छ।

कर्णालीले तीन खेल मात्रै खेलेको छ। उसले एउटा मात्रै खेल हारेको छ। ४ अंकका साथ कर्णाली अहिले तालिकाको तेस्रो स्थानमा छ।

कर्णालीबाट खेल्नका लागि साउथ अफ्रिकाका डेभिड मिलर काठमाडौं आइसकेका छन्।

दोस्रो खेल साँझ ५ बजे चितवन राइनोज् र पोखरा एभेन्जर्स भिड्दै छन्।

दुवैले तीन/तीन खेल खेलिसकेका छन्।

पोखरा तीनै खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ।

चितवनले एक खेलमा जित निकालेको छ भने एउटा खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ। ऊ तीन अंकसहित तालिकाको सातौं स्थानमा छ।

सम्बन्धित समाचार

सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
  • २०८३ कार्तिक २१, ०७: २९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०८३ कार्तिक २१, ०७: २९

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ कार्तिक २१, ०७: २९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...