कांग्रेसले बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा पुनर्स्थापना अभियान चलाउने – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

कांग्रेसले बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा पुनर्स्थापना अभियान चलाउने

काठमाडौं : नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अभियान सञ्चालन गर्ने भएको छ।

सभापति गगन थापाको उपस्थितिमा शुक्रबार केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रभावित नागरिकलाई लक्षित गरी विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकमा गत भदौ १० गते गएको आकस्मिक बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्था, पीडितको पुनःस्थापना, सार्वजनिक सेवा प्रवाह तथा पुनर्निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिइएको थियो।

बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका बाढीपहिरो प्रभावित गाउँबस्तीमा पुगेर स्थलगत अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए। त्यसपछि प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि पार्टीले लिनुपर्ने पहलकदमी तय गरिनेछ ।

त्यस्तै, बाढीपहिरो प्रभावित परिवारलाई लक्षित गरी ‘न्यानो कपडा अभियान’ र ‘मानसिक स्वास्थ्य परामर्श अभियान’ सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडा र समस्याप्रति पार्टी संवेदनशील र प्रतिबद्ध रहेको जनाउँदै कांग्रेसले प्रभावितको जीवन सहज बनाउने, पुनःस्थापना सुनिश्चित गर्ने र पुनर्निर्माणलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने जनाएको छ।

साथै पार्टीका तर्फबाट आवश्यक सहकार्य, सहयोग र सहजीकरणका कामलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरिएको सहमहामन्त्री स्नेहीको भनाइ छ।

सम्बन्धित समाचार

सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
  • २०८३ कार्तिक २१, २०: ५५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०८३ कार्तिक २१, २०: ५५

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
  • २०८३ कार्तिक २१, २०: ५५

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका...