
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा काठमान्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । कर्णाली र पोखराबीचको खेल मध्याह्न १२:३० बजे तथा काठमान्डु र चितवनबीचको खेलको खेल बेलुका ५ बजेदेखि हुनेछ ।
पोखराले जारी सिजनमा ४ खेल खेल्दा एउटामा पनि जित हासिल गर्न सकेको छैन । प्लेअफ सम्भावना लगभग सकिएको पोखरालाई प्रतिष्ठाका लागि भए पनि बाँकी खेलमा जित निकाल्नुपर्ने दबाब छ । त्यस्तै, ४ खेलमा २ खेल जितेर अंकतालिकामा छौठौँ स्थानमा रहेको कर्णालीका लागि आजको खेलमा जित आवश्यक छ । त्यसैले यो खेल रोचक हुने देखिएको छ ।
त्यस्तै, उच्च लयमा रहेको काठमान्डु आज चितवनलाई हराएर शीर्षस्थानमा उक्लिने योजनामा छ । ४ खेलमध्ये ३ खेलमा जित निकालेको काठमान्डु ६ अंकसहित दोस्रो स्थानमा छ । चितवन ४ खेलबाट ५ अंकसहित पाँचौ स्थानमा छ । प्लेअफका लागि बलियो आधार तय गर्न उसका लागि पनि आजको खेल जित्नुपर्ने आवश्यक छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...