१०औं राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमा खेलाइने – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

१०औं राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमा खेलाइने

सुर्खेत : कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औं राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल सुर्खेतमा हुने निश्चित भएको छ । कर्णालीमा भौगोलिक कठिनाइ र पूर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै खेल खेलाइने भएको हो ।

प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी १६ मंसिरमा सुर्खेत रंगशालामा हुनेछ भने समापन २७ मंसिरमा हुने तय भएको छ ।

तर, औपचारिक उद्घाटनअघि नै ८ मंसिरदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ वटा खेलको प्रतिस्पर्धा सुरु हुने भएका छन् । क्रमश: अन्य खेल पनि खेलाइँदै लगिने बताइएको छ ।

मुख्य आयोजक जिल्ला सुर्खेतमा प्रतियोगिताका अधिकांश ठूला मैदानी, इनडोर र मार्शल आर्ट्सका खेलहरू सञ्चालन हुनेछन् । सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङजस्ता मैदानी खेलहरू हुनेछन् । त्यसैगरी कराँते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, उसु र बक्सिङजस्ता फाइटिङ खेलका साथै ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबल सुर्खेतमै खेलाइनेछ । साथै, कबड्डी, आर्चरी, भारत्तोलन, ईस्पोर्ट्स र सेपाकताक्रो गरी कुल २३ खेल सुर्खेतमै सम्पन्न हुने तय भएको छ ।

कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा भने पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा केही खेलहरू विभाजन गरिएको छ । जसअन्तर्गत दैलेखमा आईटीएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेलहरू आयोजना गरिनेछन् ।

कर्णाली प्रदेशमा आवश्यक पूर्वाधार अभावका कारण प्रतियोगिताका केही खेलहरू छिमेकी लुम्बिनी प्रदेशमा समेत सञ्चालन गरिनेछ । यसअनुसार पौडी र सुटिङका खेलहरू नेपालगञ्ज (बाँके) मा आयोजना हुनेछन् भने टेनिस र खो–खोका खेलहरू बर्दियामा खेलाइने तय भएको छ ।

यसरी कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा, ५ खेल कर्णालीका अन्य चार जिल्लामा र ४ खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा विभाजन गरेर १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्न लागिएको हो ।

सम्बन्धित समाचार

सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
  • २०८३ कार्तिक २५, १४: ५९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०८३ कार्तिक २५, १४: ५९

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ कार्तिक २५, १४: ५९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...