भीमफेदीमा गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्याे – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

भीमफेदीमा गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्याे


काठमाडौं : मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परेको ईभी गाडीमा चालकसहित २० जना सवार रहेको खुलेको छ ।

बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले उद्धार कार्य गरेका थिए । दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये ११ जनाको शव हेटौंडा अस्पताल ल्याइएको थियो भने थप तीन जनाको शव दुर्घटनास्थलबाट भर्खरै फेला परेको हो ।

फेला परेका तीन जनाको पहिचान खुल्न बाँकी रहेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता थापाले जानकारी दिए ।

मृत्यु हुनेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका २५/२६ वर्षीय सुवेक यादव, आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दीपिका कुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन् ।

त्यस्तै, सर्लाहीको कबिलासी नगरपालिका–८ का ३० वर्षीय रवि शंकर कुमार मण्डल (चालक) को पनि दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका छन् भने तीन जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।

डिस्चार्ज हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन् ।

त्यसैगरी, चितवन रिफर गरिएकामा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदिप यादव रहेका छन् । उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर रहेको र अन्य दुई जनाको अवस्था मध्यम रहेको छ ।

सम्बन्धित समाचार

सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
  • २०८३ कार्तिक २७, १६: २६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०८३ कार्तिक २७, १६: २६

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...

भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
  • २०८३ कार्तिक २७, १६: २६

भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा शनिबार बिहान आगलागी भएको छ। शनिबार बिहान करिब ७...