‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’ – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुने क्रममा टर्किएको अन्ताल्यामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) तुर्किएका अध्यक्ष विनोद पौडेलसँग भएको भेटवार्ता तथा छलफलका क्रममा परराष्ट्रमन्त्री खनालले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

एनआरएनए एनसिसी तुर्किएका अध्यक्ष पौडेलले परराष्ट्रमन्त्री खनालसमक्ष विभिन्न विषय समेटिएको ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र ग्रहण गर्दै परराष्ट्रमन्त्रीले विदेशमा रहेका नेपाली समुदायका समस्या तथा गुनासालाई समयमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ ।

उनले नेपाली नागरिकलाई प्रभावकारी र सहज कन्सुलर सेवा उपलब्ध गराउने, उनीहरूका गुनासा समयमै सुनुवाइ गर्ने तथा विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।

यसैगरी, कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको सहभागिताका क्रममा आवश्यक समन्वय र सहजीकरण गरेकामा इस्लामावाद, कायरोस्थित नेपाली नियोग तथा एनआरएनए एनसिसी तुर्किएको टोलीलाई परराष्ट्रमन्त्री खनालले धन्यवाद व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
  • २०८३ कार्तिक २८, १२: ४०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०८३ कार्तिक २८, १२: ४०

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...

भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
  • २०८३ कार्तिक २८, १२: ४०

भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा शनिबार बिहान आगलागी भएको छ। शनिबार बिहान करिब ७...