कांग्रेसका यी नेतामा कोरोना संक्रमण पछि केन्द्रीय समिति प्रभावित – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

कांग्रेसका यी नेतामा कोरोना संक्रमण पछि केन्द्रीय समिति प्रभावित


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कोराना भाइरसबाट केन्द्रीय नेताहरु नै संक्रमित भएपछि स्थगित हुँदै आएको छ ।

पार्टी सभपाति शेरबहादुर देउवाले गत असोज १९ गते बोलाएको बैठक केन्द्रीय नेताहरुमा कोरोना संक्रमण पुष्टि भएको ती नेतासँगै पदाधिकारी पनि अनौपचारिक बैठकमा सहभागी भएकाले स्थगित गरियो ।

कोरोना भाइरसबाट कांग्रेसका महामन्त्री डा. शशांक कोइराला नै दशैंअघि संक्रमित भए र आसीयुमै राखेर उपचार गर्नु पर्यो । अर्को केन्द्रीय सदस्य तथा सांसद मिन विश्वकर्मालाई पनि कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक १२ देखि भेण्टिलेटरमै राखेर उपचार गरियो ।

कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापालाई असोज १७ गते कोरोना पुष्टि भएको थियो । कात्तिक लागेपछि मात्र कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइं र श्यामप्रसाद हुमागाइँलाई कोरोना पुष्टि भएको थियो ।

केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरलाई कात्तिक १९ गते कोरोना पुष्टि भयो भने शुक्रबार मात्रै केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, दिलेन्द्रप्रसाद बढु, किरण यादव र सुजाता परियारलाई कोरोना पुष्टि भएको छ ।

केन्द्रीय सदस्यहरु अजयकुमार चौरसिया र रमेश रिजाललाई गत भदौ र असोज महिनामै कोरोना संक्रमण पुष्टि भएर निको भइसकेका छन् । कांग्रेसका पदाधिकारीहरु पार्टीको विभिन्न अनौपचारिक र औपचारिक बैठकमा सहभागी हुँदा कन्ट्याक्ट ट्रेसिङका कारण क्वारेन्टाइनमा बारम्बार बस्नु परेको छ ।

केन्द्रीय सदस्य सुचित्रा चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भु श्रेष्ठ पनि कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । संक्रमित भएका र हाल निको नभएका नेताहरु भने बैठकमा सहभागी हुने छैनन् ।

काेरोना महामारी फैलिएसँगै कांग्रेस केन्द्रीय सदस्यहरु कुलबहादुर गुरुङ र नरहरी अचार्य पार्टीको औपचारिक बैठकमा स्वास्थ्यका कारण त्यति धेरै सक्रिय नहुने गरेका छन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भने संयुक्त राज्य अमेरिकातर्फ गएकाले उत्तै अड्किएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ कार्तिक २१, १५: २६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ कार्तिक २१, १५: २६

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ कार्तिक २१, १५: २६

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...