सैनामैनामा राष्ट्रियस्तरको ब्याडमिन्टन शनिबारदेखि – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

सैनामैनामा राष्ट्रियस्तरको ब्याडमिन्टन शनिबारदेखि

नयाँ विकल्प

बुटबल -रुपन्देहीको सैनामैनामा प्रथम राष्ट्रिय खुला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद्, ब्याडमिन्टनका सङ्घका प्रमुख प्रशिक्षक सुदीप योञ्जन, अम्पायर सुदीप शाक्य र उदय अर्याललगायत सैनामैना आइपुगेका छन् ।

नगरपालिकाको मुर्गियामा आज आयोजना भएको पत्रकार भेटघाटमा सैनामैना ब्याडमिन्टन क्लबका अध्यक्ष नन्दबहादुर थापाले नेपाली सेना र नेपाल प्रहरीका खेलाडीले नामसमेत दर्ता गरिसकेको जानकारी दिए ।

क्लबले रु एक करोड ३१ लाखका लागतमा मुर्गियामा निर्माण गरेको कभर्ड हलमा हुने राष्ट्रियस्तरको प्रतियोगितामा काठमाडौँ, कास्की, चितवन, मकवानपुर, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट ६० समूहको सहभागिता रहने ब्याडमिन्टन प्रतियोगिताका खेल संयोजक धर्म न्यौपानेले जानकारी दिए ।

चार हजार ३१० स्क्वायर फिटमा फैलिएको कभर्ड हलमा दुई कोर्ट निर्माण गरिएको छ । राष्ट्रिय खुला मेन्स डबलको पुरस्कारमा क्रमशः प्रथम रु ५१ हजार, द्वितीय रु ३५ हजार र तृतीयलाई रु २० हजारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । भेट्रानतर्फ क्रमशः प्रथम रु. ३० हजार द्वितीय रु २० हजार र तृतीयलाई रु १५ हजारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । रासस

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ मंसिर २६, १३: १५

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ मंसिर २६, १३: १५

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ मंसिर २६, १३: १५

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...