नेकपा दाहाल–नेपाल समूहबाट आधिकारिकताका लागि आयोगमा ज्ञापन – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

नेकपा दाहाल–नेपाल समूहबाट आधिकारिकताका लागि आयोगमा ज्ञापन

नयाँ विकल्प

काठमाडाैै- ननेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिता र चुुनाव चिह्न दाबी गर्र्दै ज्ञापनपत्र बुुझाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत नेता आयोग पुगी प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियालाई आज ज्ञापनपत्र बुुझाएको हो । सो अवसरमा अध्यक्ष दाहालले नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमध्ये दुुई तिहाइ अर्थात् २९५ जनाको दस्तखत आफ्ना पक्षमा रहेको जिकिर गर्दै दलको आधिकारिता र चुुनाव चिह्न आफूूले पाउनुपर्ने माग गरे ।

उनले भने भयो, “संविधानको मर्म, ऐन र नियमको यहाँहरुलाई राम्रो ज्ञान छ, हामीलाई भरोसा र विश्वास छ, आयोग हाम्रो संवैधानिक व्यवस्थाअनुुसार नै आधिकारिकता, चुुनाव चिह्न र नामावलीबारे निर्णयमा पुुग्नेछ ।” आयोगले सबै केन्द्रीय सदस्यलाई बोलायो भने उपस्थित हुन तयार रहेको विश्वास दिलाउँदै अध्यक्ष दाहालले आधिकारिताका लागि त्यसभन्दा ठूलो अरू प्रमाण केही हुुन सक्दैन भने ।

दहालले भने , “हामी सबै हस्ताक्षरकर्तालाई बोलाएर दस्तखत रुजुु गरियोस् । यस विषयलाई हाम्रो परम्परा, कानून, नियमअनुुसार छिटो टुुङग्याइयोस् ।” अर्का अध्यक्ष नेपालले पार्टीको आधिकारिकता र चुुनाव चिह्नबारे कानूून र विवेकसम्मत ढङ्गबाट निर्णयमा पुुग्न आयोगलाई सुुझाव दिए । उनले भने , “लोकतान्त्रिक मूूल्यमान्यता, संविधान र कानूनका आधारमा उठेका प्रश्न छिनोफानो हुनेछ भन्ने हामीले विश्वास गरेका छौँ ।”

सो अवसरमा प्रमुख आयुक्त थपलियाले संविधान र निर्वाचनसम्वन्धी कानूनमा व्यवस्था भएअनुुरुप विवाद निरुपणको प्रक्रिया प्रारम्भ हुने जानकारी दिए । उनले भने , “विधान, स्थापित नजीर र प्रचलित कानूनका आधार आधारमा ऐनले दिएको अधिकार क्षेत्रभित्र रही अत्यन्तै न्याय हुने ढङ्गबाट आयोगले न्याय निरुपण गर्नेछ ।”

समूहका वरिष्ठ नेता झलनाथ खनाल, भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, योगेशकुमार भट्टराई, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, अष्टलक्ष्मी शाक्यलगायत नेता आयोग पुगेका थिए ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७७ पुष १०, १४: २३

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७७ पुष १०, १४: २३

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७७ पुष १०, १४: २३

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...