प्रचण्डले धुम्वाराही र बल्खुमा आँखा लगाए पेरिसडाँडामा आगो लगाइने बस्नेतको चेतावनी – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

प्रचण्डले धुम्वाराही र बल्खुमा आँखा लगाए पेरिसडाँडामा आगो लगाइने बस्नेतको चेतावनी


नयाँ विकल्प,
काठमाडौं – प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सत्तारुढ नेकपाका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सडक संघर्षमा उत्रिएसँगै ओली पक्षधर नेताहरुले प्रतिकार र प्रतिवादको चेतावनी दिएका छन् ।

सत्तारुढ नेकपा बैधानिक रुपमा नफुटेपनि व्यवहारिक रुपमा समानान्तर संगठन बिस्तार गर्दै गरेका प्रचण्डमाथि ओली पक्षधर नेता तथा विघटित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले नेकपाको मुख्यालय धुम्वाराही र बल्खुमा आँखा लगाएमा पेरिसडाँडामा आगो लाग्ने चेतावनी दिएका छन् ।

ललितपुर क्षेत्र नं १ मा नेकपाको ओली पक्षधर समूहले आयोजना गरेको भेलालाईं संवोधन गर्दै यूवा संघका पूर्वअध्यक्ष बस्नेतले धुम्वाराही र बल्खुको पार्टी कार्यांलय कब्जा गर्न खोजेमा पूर्वमाओवादीको मुख्यालय पेरिसडाँडामा युवाहरुले आगो लगाउने चेतावनी दिएका हुन् ।

महोत्तरीबाट निर्वाचित जनता समाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरी काठमाडौंस्थित होटल मेरिटमा बन्धक बनाउन भूमिका खेलेको आरोप लागेका बस्नेतले प्रचण्डले पूर्वएमालेका नेता तथा पूर्वंप्रधानमन्त्रीहरु झलनाथ खनाललाई राष्ट्रपति र माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने भन्दै पार्टीमा विग्रह सृजना गर्न खोजेको आरोप लगाए ।

बस्तेतले पार्टीको अध्यक्षबाट हटाएको भोलिपल्टदेखि नै प्रचण्ड सडकमा पुगेको भन्दै सूर्य चुनाव चिन्हमा आँखा नलगाइ गोलाकार भित्रको हँसिया हथौडा लिएर चुनावमा उत्रन चेतावनी दिए ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७७ पुष ११, २१: ५९

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७७ पुष ११, २१: ५९

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७७ पुष ११, २१: ५९

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...