सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

नयाँ विकल्प

काठमाडाैं- नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन् ।

यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलर (रु एक करोड ७२ लाख) देखि अधिकतम दुई लाख १८ हजार अमेरिकी डलर (रु दुई करोड ५५ लाख) तोकिएको छ ।

पिएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमानलगायत विश्वकै चर्चित खेलाडी परेका छन् । एउटा टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने व्यवस्था गरिएको छ । यस्तै डाइमण्ड श्रेणीबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई खेलाडी राख्न पाउने प्रावधान छ ।

पिएसएलका लागि खेलाडी छनोट यही पुस २६ गते गरिनेछ । ड्राफ्टमार्फत प्रतियोगितामा सहभागिता जनाउने छ टोलीले खेलाडीको चयन गर्नेछन् । यस वर्षको पिएसएल आगामी मार्चमा हुनेछ । लामिछानेले सन् २०१९ मा लाहोर टोलीमा अनुबन्ध भई पिएसएल खेलेका थिए । उनी हाल बिगबास लिग खेल्ने क्रममा अष्ट्रेलियामा रहेका छन्

सम्बन्धित समाचार

९ वटा विधेयक संसद्‍मा पेस गर्न स्वीकृति दिने सरकारको निर्णय
९ वटा विधेयक संसद्‍मा पेस गर्न स्वीकृति दिने सरकारको निर्णय
  • २०७७ पुष २२, १२: ५०

काठमाडौं : सरकारले ९ वटा विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले...

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढी बजेट स्वीकृत
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढी बजेट स्वीकृत
  • २०७७ पुष २२, १२: ५०

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ...

देवानगन्ज घटनाका मृतक परिवारलाई दुई लाख प्रदान गर्ने कोशी सरकारको निर्णय
देवानगन्ज घटनाका मृतक परिवारलाई दुई लाख प्रदान गर्ने कोशी सरकारको निर्णय
  • २०७७ पुष २२, १२: ५०

विराटनगर : कोशी प्रदेश सरकारले सुनसरीको देवानगन्जमा भएको घटनाका मृतकका परिवारलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।...