‘देशलाई नोक्सान पर्ने कुनै काम हुँदैनः प्रधानमन्त्री – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

‘देशलाई नोक्सान पर्ने कुनै काम हुँदैनः प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रम केपी शर्मा ओलीले भारत भ्रमणमा जानुको मुख्य कारण मित्रताको सम्बन्ध अगाडी बढाउन जाने बताएका छन् । भारत भ्रमणका बारेमा बोल्दै देशको हितका लागि प्रयास गर्ने र भ्रमणको बेलामा नेपालको जहाज चलाउने र रेल गुडाउने बारेमा पनि छलफल गर्ने बताएका छन् ।

नेपालमा भइरहेको पुनर्निर्माणको काम सन्पन्न गर्ने बताएका छन् । विकासमा सहकार्यका लागि यो भ्रमण रहने र देशको लाभका लागि यो भ्रमण रहने बताए । भूकम्प पछिको असरल्लतालाई सम्पन्न गर्ने, प्रदेश र स्थानीय तहमा कसरी राम्रोसँग काम गर्ने वातावरण बनाउन सकिन्छ भन्ने बारेमा पनि हामीले छलफल गरेर ढिलो नगरी काम गर्नुपर्ने बताए ।

उनले नेपालललाई अल्पविकशित देशबाट तीन वर्षभित्रमा विकाशशील राष्ट्रमा लैजाने, कृषि उद्योग, पर्यटन, हवाई मैदान, हवाइमार्ग, रेलमार्ग, फास्ट ट्र्याकलगायत विकासका क्रियाकलाप कसरी छिटो भन्दा छिटो गर्न सकिने बताए । उनले ‘देशलाई नोक्सान पर्ने कुनै काम भ्रमणका क्रममा हुने छैन । देशको शिर उठ्ने र देशलाई लाभ हुने काम मात्रै गरिने बताएका छन् ।’

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०७४ चैत्र २०, १०: ४५

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०७४ चैत्र २०, १०: ४५

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०७४ चैत्र २०, १०: ४५

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...