
एजेन्सी – विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे । नाडालले सन् २००९ यता अस्ट्रेलियन ओपन जित्न सकेका छैनन् । तर उनी अन्तिम आठमा पुगेको यो १३औं पटक हो ।
यसअघि रोजर फेडरर १५ पटक र जोन न्यूकम्ब १४ पटक अस्ट्रेलियन ओपनको अन्तिम आठमा पुगेका थिए । यो नतिजासँगै उनी फाइनलमा पहिलो वरियतामा रहेका सर्बियाली खेलाडी नोभाक जोकोभिकसँग भेट हुने सम्भावना बढ्दै गएको छ ।
आइतबार साँझ भएको खेलमा पेटको दुखाईसँग जुधिरहेका जोकोभिकले मिलोस राओनिकलाई संघर्षपूर्ण खेलमा पराजित गरेका थिए । महिला एकलतर्फ भने नाओमी ओशाका, सेरेना विलियम्स, सिमोना हालेप, एचसिया सु–वेए, जेनिफर ब्राडी र जेस्सिका पेगुलाले आ–आफ्ना खेल जितेका छन् ।
क्वार्टरफाइनलमा मंगलबार जेनिफर ब्राडी र जेस्सिका पेगुला, सेरेना विलियम्स र सिमोना हालेप तथा नाओमी ओशाका र एचसिया सु–वेएबीच खेल हुँदैछ ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...