काठमाडौ । नेपाली कांग्रेसका नेता तथा कांग्रेसको तर्फबाट राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गरिसकेका कुल बहादुर गुरुङले पार्टी सभपाति शेरबहादुर देउवाको कार्यशैली र व्यवहारप्रति असन्तुष्ट हुँदै चित्त दुखाएका छन् ।
आफ्नो लामो गौरवमय ईतिहासको अन्तरालमा पार्टी अत्यन्त जटिल मोडमा उभिएको भन्दै गुरुङले पार्टीको १३ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार देउवाको प्रस्तावक भएको नाताले उनीमाथि दिएको समर्थन फिर्ता लिएको घोषणा समेत गरेका छन् ।
स्थानीय निकायको निर्वाचनमा भएको कांग्रेसको पराजयलाई पार्टी केन्द्रिय नेतृत्वले समयमै गम्भिरतापुर्वक नलिई तिनै गल्ति र कमजोरीहरुलाई निरन्तरता दिंदा प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा पार्टी नराम्रोसंग पराजित भएको वताएका छन् । पार्टीले पराजय बेहोरेपछि साखमात्र गुमाएको छैन राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत लोकप्रियता गुमाएको ठहर रहेको बताएका छन् ।
पार्टीले अवलम्वन गरेको अहिलेको नीति, नेताको कार्यशैलि वा नेतृत्वको अक्षमताले के ले हो भन्ने बिषयमा गम्भिर छलफल नहुनु दुर्भाग्यपूर्ण भएको भन्दै पार्टीले गम्भिरता नदेखाएको वताएका छन् । राजनेता वी.पी. कोइरालाले अवलम्वन गर्नु भएको विचार र चिन्तनलाई छोडेको कारण कांग्रेस पराजित भएको भन्दै उनले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...