काठमाडौं । नेपाल पत्रकार महासंघको विधान अनुसार यही २२ गते देशैभर प्रदेश समितिको निर्वाचन हुँदैछ । नेपालको संचार क्षेत्रसँग बढी प्रभाव पारेका ३ संगठन (नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल) बीच तालमेल भएपछि देशभैर अधिकांश पदमा निर्विरोध निर्वाचित भएका छन् ।
७ प्रदेश मध्ये २ नं. प्रदेशमा मात्र समावेशी पद बाहेक सबै पदहरुमा निर्वाचन हुने भएको छ । प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस युनियनका बीच तालमेल भइरहँदा मधेशका पत्रकार संघसंगठनहरुलाई समेट्न नसक्दा तीन संगठनले सर्वसम्मत बनाउन गरेको प्रयास निरर्थक भएको छ ।
जसअनुसार तीन संगठन र सम्पूर्ण लोकतन्त्रवादी पत्रकारहरुको तर्पmबाट साझा समावेशी अनुहार दिपेन्द्र चौहानलाई अध्यक्ष पदमा अगाडि सारिएको छ ।
चौहान निकै लामो समयदेखि मोफसलमा बसेर पत्रकारिता गरिरहेका छन् । तीन संगठनको तालमेलमा मधेश केन्द्रित पत्रकार संगठनहरु सहभागी नभएपछि २ नं. प्रदेशमा निर्वाचन हुन लागेको हो ।
त्यसैगरी ३ नं. प्रदेशमा पनि अध्यक्ष पदबाहेक सबै पदमा निर्विरोध निर्वाचित भइसकेको छ । ३ नं. प्रदेशमा तीन संगठनको साझा उम्मेदवारको रुपमा पुराना पत्रकार प्रताप विष्टलाई सर्वसम्मत रुपमा चयन गराउने प्रयास जारी नै छ । त्यसकारण सबैजसो प्रदेशमा मुख्य पदहरुमा तालमेल अनुसार नै निर्विरोध निर्वाचित भएता पनि सबैभन्दा बढी सदस्यता भएको उपत्यका प्रदेशमा पनि निर्वाचन हुने भएको छ ।
उपत्यका प्रदेशमा अन्य पदहरुमा निर्विरोध निर्वाचित भएता पनि महासचिव र समावेशी सचिव पदमा भने २÷२ जनाको उम्मेदवारी परेको छ । जसअनुसार प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर तथा उपत्यकाका विभिन्न संघसंस्थाका साझा उम्मेदवारको रुपमा श्रीजन झालाई उपत्यका प्रदेशको महासचिव पदमा उम्मेदवार बनाइएको छ । त्यसैगरी समावेशी सचिवमा जगत प्रजापतिलाई उम्मेदवार बनाइएको छ ।
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...