सुन तस्कर गोरेलाई तान्दा उच्च तहमा तनाव – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

सुन तस्कर गोरेलाई तान्दा उच्च तहमा तनाव

काठमाडौं । गृह मन्त्रालयको छानबिनको अनुसन्धान विशेष टोलीले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उपे्रती गोरेलाई राजनीतिक तहका उच्च नेताको संरक्षण रहेको आशंका गरेको छ । उच्च नेतृत्वले उप्रेतीलाई भारत हुँदै तेस्रो मुलुक भगाएको हुन सक्ने अनुमान प्रहरी सूत्रको छ । सुन तस्करी प्रकरण र सनम हत्या झापासँग सीमा जोडिएको सिलुगडी क्षेत्रमा प्रहरी परिचालन गरिएबाट प्रहरीले यस्तो सूचना पत्ता लगाएको हो ।

उप्रेती दुबई पुगेको हुन सक्ने अनुमान सुरक्षा अधिकारीहरुले गरेका छन् । तस्करीको सुन जिम्मा लिएर भरियालाई विमानस्थलसम्म पठाउने काम गर्ने गरेको समितिको बयान दिने क्रममा उप्रेतीसँग सम्लग्न रहेकाहरुले बताएका छन् । उनको खोजीमा इन्टरपोललाई जानकारी गराईसकिएको छ । ३४ जना फरार अभियुक्तको खोजिका लागी प्रहरीका फरकफरक टोली खटाइएको छ ।

प्रहरीले खोजि कार्य गहिराईमा पुगेर गर्न थालेपछि उप्रेतीकी पत्नी निरु खरेल उप्रेतीलाई डिभोर्स दिने भन्दै पत्रकारलाई बताउन थालेकी छन् । सो घटनामा आफू समेत तानिन सक्ने भएपछि निरुले यस्तो बताएकी हुन् । अभियुक्तसँग व्यक्तिगत, पारिवारिक वा संयोगवस भएको कुराकानी वा भेटघाटको सन्दर्भ र घटनालाई समेत जोडेर प्रहरीले असम्बन्धित व्यक्तिलाई छानबिन गर्न भन्दै गिरफ्तार गरिरहेको छ ।

उच्च नेतृत्वकै नाता जोडिएकी निरुले प्रहरीले मुख्य अभियुक्त निरुलाई भने एक दिन पनि हिरासतमा राख्ने आँट गरेको छैन् । यहासम्मकी प्रहरीहरुले उनीसँग गहिराईमा सोधखोज समेत गर्न सकेका छैनन् । लहरो तान्दा पहरो गर्जने भने झैं गोरेलाई नै अनुसन्धान टोलीले मुख्य अभियुक्त बनाएकोमा उच्च तह तनावमा गुज्रिरहेको छ ।

सम्बन्धित समाचार

ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
  • २०७५ बैशाख २४, ०७: ५९

काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न...

एनपिएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
एनपिएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
  • २०७५ बैशाख २४, ०७: ५९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । व्यापक परिवर्तनसहित एनपीएलको नयाँ संस्करण आजदेखि...

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०७५ बैशाख २४, ०७: ५९

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...