उसु खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘उसु अवार्ड–२०७७’ आयोजना हुँदै – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

उसु खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘उसु अवार्ड–२०७७’ आयोजना हुँदै

काठमाडौं–नेपालमा उसु खेलको विकास र उसु खेलाडीप्रति सम्मान एवम् प्रोत्साहन गर्ने उद्देश्यका साथ नागरिक विकास बचत तथा ऋण सहकारी संस्था.लि. कौशलटार र योयो बैंक्वेट सूर्यविनायकको प्रायोजनमा भक्तपुरमा ‘उसु अवार्ड–२०७७’ प्रदान गरिने भएको छ ।

यही चैत्र २१ गते शनिबार योयो बैंक्वेटमा एक समारोहबीच पहिलो ‘उसु अवार्ड–२०७७’ प्रदान गरिने भक्तपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष एवं यो यो बैंक्वेटका सञ्चालक श्रीभक्त कासिछ्वाले बताएका छन् ।

उसु अवार्ड वितरणका लागि नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कासिछ्वा र अवार्ड संयोजक राजीव महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका छन् ।

कूल पाँच लाख ६० हजारको अवार्ड वितरण कार्यक्रममा नागरिक विकासले नगद पुरस्कारका लागि आवश्यक रकम र योयो बैंक्वेटले कार्यक्रम व्यवस्थापनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भएको छ । उक्त कार्यक्रममा ६ जना खेलाडीहरुलाई नगदसहित अवार्ड वितरण गरेर सम्मान गरिने भएको छ ।

उसुको सान्सौं र थाउलोतर्फ समान एक–एक, पुरुष–महिला गरी चार खेलाडीलाई नगदसहित अवार्ड प्रदान गरिने छ । उदीयमान खेलाडीका रुपमा एक–एक पुरुष÷महिला गरी दुई खेलाडीलाई अवार्ड र नगदबाट पुरस्कृत गरिने भएको छ ।

आठौँ राष्ट्रिय खेलकूद र १३औँ दक्षिण एशियाली खेलकूद (साग) को प्रदर्शनलाई आधार मानी खेलाडी छनोट गरिने अवार्ड वितरण गरिने भएको छ । उसु खेलको विकास र विस्तारमा लामो समयदेखि संलग्न रहेर योगदान पु¥याउने एकलाई ‘लाइभ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिने भएको छ भने विगत १० वर्षदेखि उसु प्रशिक्षका रूपमा सेवा गरिरहेका प्रशिक्षकलाई पनि प्रसंशापत्रबाट सम्मान गरिने भएको छ ।

अवार्डमा प्रदान गरिने ट्रफी बुधबार सार्वजनिक गरिएको छ । नागरिक विकासका अध्यक्ष सुब्बा, यो योका सञ्चालक कासिछ्वा, अवार्ड संयोजक महर्जन र हिमाल साकोसका अध्यक्ष राईले संयुक्त रुपमा ट्रफी अनावरण गरेका हुन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७७ चैत्र १९, १२: ३९

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ चैत्र १९, १२: ३९

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ चैत्र १९, १२: ३९

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...