काभ्रेमा भारत सरकारको सहयोगमा दुई वटा विद्यालयको निर्माण गरिँदै – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

काभ्रेमा भारत सरकारको सहयोगमा दुई वटा विद्यालयको निर्माण गरिँदै

नयाँ विकल्प
काठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव सौम्या सी र रोशी गाउँपालिकाका मेयरको उपस्थितिमा काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित श्री हरिसिद्घि माध्यमिक विद्यालय र महाभारत गाउँपालिकास्थित श्री सिद्घेश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भूमि पूजा सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का परियोजना निर्देशक, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा भारतीय राजदूतावासका अधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय समुदाय सदस्य र विद्यार्थीहरुको सहभागीता थियो ।

यसैगरी, २.८४ करोड लागतमा श्री हरिसिद्घि माध्यमिक विद्यालयको निर्माण हुनेछ भने श्री सिद्घेश्वर माध्यमिक विद्यालयको निर्माण लागत ३.९६ करोड रहेको छ । नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप यी विद्यालयहरुको निर्माण गरिने भएको छ ।

श्री हरिसिद्घि माध्यमिक विद्यालयको तीन तल्ले नयाँ संरचनामा ९ वटा कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय र विद्यार्थीहरुका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा हुनेछ ।

त्यस्तै, श्री सिद्घेश्वर माध्यमिक विद्यालयको तीन तल्ले नयाँ संरचनामा १३ वटा कक्षा कोठा, लेखा, प्रधानाध्यापक र अध्यापकका लागि कक्ष, परीक्षा कक्ष, प्रारम्भिक बालविकास कक्ष, प्रशासनिक कक्ष, विद्यालय व्यवस्थापन समिति कक्ष र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा हुनेछ ।

यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतको शीर्ष संस्थानको रुपमा परिचित छ ।

यसैगरी, २०७२ सालको भूकम्पले क्षति पु¥याएका नेपालका आठ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण हेतु भारत सरकारले ५० मिलियन अमेरिकी डलर (करिब नेरु. ५.८ अर्ब) आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

यस भूमि पूजासँगै ७० वटा विद्यालयको पुनर्निर्माण सुरु भएको छ जसमध्ये ८ वटा विद्यालयहरु सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकिएको छ ।

यसैगरी, स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता पनि गरिसकेको छ । ५०,००० घरहरुमध्ये अहिलेसम्म गोरखा र नुवाकोट जिल्लामा ४७,००० घरहरु निर्माण भइसकेका छन् र बाँकी घरका निर्माण कार्य अघि बढिरहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सम्बन्धित नगरपालिकाका अधिकारीहरुले लाभग्राहीहरुलाई वर्षायाम आउनु अघि नै निर्माण कार्य सम्पन्न गरिसक्न आग्रह गरेका छन् ।

यस्तै, भारतको आर्थिक सहयोगमा २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माण भइरहेको छ । यी दुवै क्षेत्रमा निर्माण कार्य सुरु भइसकेको छ ।

पुनर्निर्माण परियोजना यथासक्य चाँडै सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा दूतावास एक आपससँग सहकार्य गर्दै काम गरिरहेको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७७ चैत्र २०, १५: २६

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ चैत्र २०, १५: २६

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ चैत्र २०, १५: २६

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...