आइपीएलमा सन्दिपले खेले – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

आइपीएलमा सन्दिपले खेले

काठमाडौं । युवा लिग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । ११औँ सिजनको आइपीएल अन्तर्गत शनिवार सन्दीप दिल्ली डेयरडेभिल्सको पहिलो रोजाईँमा परेसँगै सन्दीपले उक्त उपलब्धी हासिल गरे ।

आइपीएलमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी बनेसँगै चर्चामा आएका सन्दीपले डेब्यु गर्न भने ११ खेल बेन्चमा बसेर कुर्नुप¥यो । सन्दीपले विराट कोहलीको रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध आइपीएलमा डेब्यु गरे ।

सन्दीपले आइपीएल खेल्नुसँग अर्को संयोग पनि जोडिएको छ । यसअघि नै सोचेजस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमण सकाएर शनिवारै फर्कनु र सन्दीपले खेल्न पाउनुमा पनि संयोग जोडिएको हो ।जारी सिजन ११ खेलबाट ६ अंक मात्र जोडेको दिल्ली अंक तालिकामा पूछारमा छ । घरेलु मैदान फिरोज शाह कोत्लामा दिल्लीले टस हारेर पहिले ब्याटिङ गर्दैछ । सन्दीपको पालो ब्याटिङमा आएपनिर नआएपनि उनले बलिङ भने पक्कै गर्नेछन् ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७५ बैशाख ३१, ०७: ५३

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७५ बैशाख ३१, ०७: ५३

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७५ बैशाख ३१, ०७: ५३

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...