आइपीएलमा सन्दिपले खेले – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

आइपीएलमा सन्दिपले खेले

काठमाडौं । युवा लिग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । ११औँ सिजनको आइपीएल अन्तर्गत शनिवार सन्दीप दिल्ली डेयरडेभिल्सको पहिलो रोजाईँमा परेसँगै सन्दीपले उक्त उपलब्धी हासिल गरे ।

आइपीएलमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी बनेसँगै चर्चामा आएका सन्दीपले डेब्यु गर्न भने ११ खेल बेन्चमा बसेर कुर्नुप¥यो । सन्दीपले विराट कोहलीको रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध आइपीएलमा डेब्यु गरे ।

सन्दीपले आइपीएल खेल्नुसँग अर्को संयोग पनि जोडिएको छ । यसअघि नै सोचेजस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमण सकाएर शनिवारै फर्कनु र सन्दीपले खेल्न पाउनुमा पनि संयोग जोडिएको हो ।जारी सिजन ११ खेलबाट ६ अंक मात्र जोडेको दिल्ली अंक तालिकामा पूछारमा छ । घरेलु मैदान फिरोज शाह कोत्लामा दिल्लीले टस हारेर पहिले ब्याटिङ गर्दैछ । सन्दीपको पालो ब्याटिङमा आएपनिर नआएपनि उनले बलिङ भने पक्कै गर्नेछन् ।

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०७५ बैशाख ३१, ०७: ५३

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०७५ बैशाख ३१, ०७: ५३

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०७५ बैशाख ३१, ०७: ५३

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...