
नयाँ विकल्प
काठमाडाैं- ट्राफिक प्रहरीले लगाएकाे ‘ह्वीललक’ खाेली भाग्न खाेज्ने चालक याेगेन्द्र कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
महानगरिय प्रहरी वृत्तकाे टाेलिले कार्की सहित उनकाे सवारी काे २ च ३२३८ नम्मबरकाे कार नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाएकाे जनाएकाे छ ।
सिंहदरबारकाे पूर्वी गेट नजिकै टंक प्रसाद घुम्ती सडककाे निषेधित क्षेत्रमा गाडी पार्किङ गरेपछि कारवाही स्वरूप उनकाे सवारीमा ट्राफिक प्रहरीले ‘ह्वीललक’ लगाएकाे थियाे ।

ट्राफिकले लक लगाएकाे केही बेरपछि कार्कीले लक लगाएकाे पाङ्ग्रा खाेलेर भाग्ने प्रयास गरेका थिए । सामाजिक सञ्जालमा कार्कीले पाङ्ग्रा खाेल्दै गरेकाे भिडियाे सार्वजनीक भएपछि ट्राफिक प्रहरीले सवारी राेकेकाे स्थानमा पुगी सवारी साधन सहित नियन्त्रणमा लिएकाे थियाे ।
नेपालगंञ्जकाे ठेगाना भएका कार्कीबारे कानुनी कारवाहीकाे प्रक्रिया अघि बढाईएकाे महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ ।
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...