बेलायतको क्रिकेट बोर्डद्वारा सन्दिपलाई तत्काल देश छोड्न आदेश – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

बेलायतको क्रिकेट बोर्डद्वारा सन्दिपलाई तत्काल देश छोड्न आदेश


नयाँ विकल्प,


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नपाउने भएका छन् ।


चर्चित क्रिकेट लामिछानेलाई बेलायतको क्रिकेट बोर्डले तत्काल देश छोड्न निर्देशन दिएको छ । आफ्नो भिसालाई अवैध भन्दै चाँडोभन्दा चाँडो बेलायत छोड्न भनिएको सन्दिपले जानकारी दिएका छन् ।

उनको भनाइ यस्तो छ, ‘म जुलाइ ९ मा बेलायत पुग्दा अध्यागमनमा कुनै समस्या भएन । त्यसपछि म सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमा गएर बसेँ । नियमानुसार क्वारेन्टाइन सकिनुभन्दा दुईदिन अघि मलाई इसीबीले भन्यो कि तिम्रो भिसा बैध छैन र तिमीले चाँडोभन्दा चाँडो देश छोड्नुपर्छ । मैले के समस्या भयो भनि सोध्दा इसीबीका कसैले पनि सही जवाफ दिएनन् ।’

सन्दिपले आफ्नो भिसा के कारणले अवैध भयो भन्ने जवाफ मागेका छन् ।

यसअघि उनले बेलायतमै आयोजना भएको टी(२० ब्लास्ट पनि भिसा समस्याका कारण गुमाएका थिए ।

‘द हन्ड्रेड’ का लागि ओभल इन्भिन्सिबलमा सन्दिप ६० हजार पाउण्डमा आवद्ध भएका थिए । अब उनले चाँडै नेपाल फर्किनुपर्ने भएको छ

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ श्रावण ५, २२: १५

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ श्रावण ५, २२: १५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ श्रावण ५, २२: १५

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...