उपसभापतिका कारण क्रियाशील सदस्यता विवादः सांसद सिंह राजीनामा दिने मुडमा – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

उपसभापतिका कारण क्रियाशील सदस्यता विवादः सांसद सिंह राजीनामा दिने मुडमा

नयाँ बिकल्प,

काठमाडौं नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य डा. अमरेसकुमार सिंहले सांसद पदबाट राजिनामा दिने भएका छन्। प्रदेश नं २ का सबैजसो जिल्लामा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कांग्रेस सांसद डा. सिंहले राजिनामा दिने बताएका हुन्।

पार्टी उपसभापति विमलेन्द्र निधीका कारण प्रदेश नं २ भरी नै क्रियाशिल सदस्यता वितरणमा मनोमानी भएको र पार्टी नेतृत्वले चासो नदेखाएको भन्दै सांसद पदबाट नै राजीनामा दिन भनेर बुधबार साँझ सांसद डा. सिंह प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

सिंहसँगको भेटमा सभापति देउवाले क्रियाशिल सदस्यता बिबादको विषयमा असन्तुष्ट नेताहरु पार्टी केन्द्रीय कार्यालयमा समेत धर्ना र आमरण अनसनमा बसेको आफूलाई थाहा भएको भन्दै त्यसको समाधान खोज्न पदाधिकारी बैठकमा कुरा राख्ने बताएका थिए।

नयाँ बिकल्प डटकमसँगको कुराकानीमा डा. सिंहले भने ‘क्रियाशिल सदस्यता वितरणमा सर्लाहीदेखि प्रदेश २ का हरेक जिल्लामा बिबाद र किचलो बढाउने काम पदाधिकारीबाटै भएको बताए।

पार्टीको विधि, नीति, निर्देशिका सबैलाई लत्याएर पार्टीमा दुःख गर्ने र पुराना कार्यकर्तालाई सदस्यता नदिनएको सिंहले गुनासो गरे । सर्लाही क्षेत्र नम्बर ४ बसबरिया गाउँपानिकाका रामगोविन्द रायले बुधवारबाटै पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसनसमेत शुरु गरहेका छन्।

मुलुकका प्रथम राष्ट्रपति डा. रामबरण यादवका पुत्र समेत रहेका कांग्रेसका पूर्वसांसद डा. चन्द्रमोहन यादवसहित तीन नेता तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका छन्।

पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका पार्टी उपसभपाति विमलेन्द्र निधीका कारण किचलो झिकिएको भन्दै पार्टीका जिल्ला र केन्द्रीयस्तरका नेताहरुले गुनासो गरिरहेका छन्।

राजिनामा दिन भनेर बालुवाटार पुगेका सांसद डा. सिंहलाई प्रधानमन्त्री देउवाले राजिनामा नदिन सम्झाउँदै सिंहको माग संवोधन गर्ने आश्वासन दिएका छन्।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण ६, १९: १९

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण ६, १९: १९

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण ६, १९: १९

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...