
नयाँ विकल्प,
महोत्तरी – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको रक्षाका निम्ति कांग्रेस सधैँ तयारी अवस्थामा रहने बताएका छन् ।
महोत्तरीको जलेश्वरमा आयोजित महेश्वर प्रसाद सिंह स्मृति भवन उद्घाटन तथा शालिक अनावरण समारोह कार्यक्रममा कांग्रेसका उपसभापति निधिले आफ्नो पार्टीले देशमा परिवर्तन, प्रणाली र संविधान ल्याउनका लागि दृढतापूर्वक अथक भूमिका निर्वाह गरेकाले यसको रक्षाका निम्ति सधैँ तयार रहेको बताएका हुन् ।
महेश्वर प्रसाद सिंहले मधेशमा दिएको योगदानलाई कसैले बिर्सन नहुने बताउँदै नेता निधिले उहाँको योगदानलाई सबै आ–आफ्नो भाषामा त्यसलाई जीवन्त राख्ने किसिमले भूमिका निर्वाह गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा नेता निधिले प्रदेश नं. २ को विकासका लागि अझ पनि नेपाली कांग्रेसको आवश्यकता रहेकोप्रति जोड दिए ।
देशमा विकास, समृद्धि र आर्थिक समुन्नतिको अभिभारा नेपाली कांग्रेसको काँधमा रहेकाले आउँदो १४ औँ महाधिवेशनले अझ सशक्त भूमिकामा प्रस्तुत हुने उनको भनाइ छ ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...