देश समुन्नतिको अभिभारा कांग्रेसको काँधमा छः उपसभापति निधि – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

देश समुन्नतिको अभिभारा कांग्रेसको काँधमा छः उपसभापति निधि


नयाँ विकल्प,

महोत्तरी – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको रक्षाका निम्ति कांग्रेस सधैँ तयारी अवस्थामा रहने बताएका छन् ।

महोत्तरीको जलेश्वरमा आयोजित महेश्वर प्रसाद सिंह स्मृति भवन उद्घाटन तथा शालिक अनावरण समारोह कार्यक्रममा कांग्रेसका उपसभापति निधिले आफ्नो पार्टीले देशमा परिवर्तन, प्रणाली र संविधान ल्याउनका लागि दृढतापूर्वक अथक भूमिका निर्वाह गरेकाले यसको रक्षाका निम्ति सधैँ तयार रहेको बताएका हुन् ।


महेश्वर प्रसाद सिंहले मधेशमा दिएको योगदानलाई कसैले बिर्सन नहुने बताउँदै नेता निधिले उहाँको योगदानलाई सबै आ–आफ्नो भाषामा त्यसलाई जीवन्त राख्ने किसिमले भूमिका निर्वाह गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा नेता निधिले प्रदेश नं. २ को विकासका लागि अझ पनि नेपाली कांग्रेसको आवश्यकता रहेकोप्रति जोड दिए ।

देशमा विकास, समृद्धि र आर्थिक समुन्नतिको अभिभारा नेपाली कांग्रेसको काँधमा रहेकाले आउँदो १४ औँ महाधिवेशनले अझ सशक्त भूमिकामा प्रस्तुत हुने उनको भनाइ छ ।

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०७८ श्रावण ७, २१: ५९

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०७८ श्रावण ७, २१: ५९

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०७८ श्रावण ७, २१: ५९

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...