फर्मुला र राधेचन्द्रकाे इसारमा सदस्यता वितरणमा यसरी लफडा गरेपछि कांग्रेस मुख्यालयमा तनाव – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

फर्मुला र राधेचन्द्रकाे इसारमा सदस्यता वितरणमा यसरी लफडा गरेपछि कांग्रेस मुख्यालयमा तनाव


नयाँ बिकल्प,

काठमाडौं – नेपाली कांग्रेसका दुई केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुर र राधेचन्द्र यादवले आफू निकटका पार्टी क्रियाशिल सदस्यहरुको सख्या आफ्नै गृह जिल्ला बारामा थोरै देखेर पार्टी विधान विपरित जताभावी सदस्यता वितरण गरेपछि लफडाले उग्र रुप लिएको छ।

दुई केन्द्रीय सदस्य मन्सुर र यादव जिल्लामा आफ्नो पकट नरहेको संकेत देखिएपछि पार्टीका क्षेत्रिय सभापति र जिल्ला सभापतिलाई दबाब र प्रभावमा पारी पार्टीको बिधान विपरित वडा र पालिका तहबाट सिफारिस नै नभएका सदस्यको नाम थप्न थालेपछि लफडा तीब्र भएको हो।

बारा जिल्लाको १ नम्वर क्षेत्रिय सभापति विजयशंकर प्रसाद यादव, २ नम्वर क्षेत्रिय सभापति रामप्रवेश यादव र ४ नम्वर क्षेत्रिय सभापति सुनिल गुप्ताको बदमासीका कारण यतिवेला पार्टीको सदस्यता छानबिन समिति र निर्वाचन समिति समेत बारा जिल्लामा बिबाद भएको भन्दै एक जना पनि प्रतिनिधि महाधिवेशनमा अनुमोदन नगर्ने पक्षमा पुगेका छन्।

केन्द्रीय सदस्य मन्सुर र यादवको इसारामा तीनै जना क्षेत्रिय सभापतिहरुले जिल्लाका चार संसदीय निर्वाचित क्षेत्रका १३ वटा वडा कार्यसमितिमा एउटा पनि क्रियाशिल सदस्यताको फर्म वितरण नगरी आफूखुसी सदस्यको नाम थपेर जिल्ला सभापति भोला चौरसियामार्फत पार्टी केन्द्रीय कार्यालयमा पठाएका छन्।

क्रियाशिल सदस्यताको नामावली इन्ट्री गर्न क्षेत्रिय सभापतिलाई अधिकारी दिँदा अधिकांस ठाउँमा सदस्यता वितरण र नविकरणमा दुरुपयोग हुने गरेको छ।

दुई केन्द्रीय सदस्यको इसारामा बारा क्षेत्र नं १, २ र ४ का सभापतिहरुले पार्टीकै पूर्वजिल्ला सभापति लालबाबु सिंह, जिल्ला बिकास समिति वाराका पूर्वसभापति समेत रहेका नेता राजेन्द्र यादव, नीजगढ नगरपालिकाका प्रमुख सुरेश खनालसहित सयौ पुराना नेताको नाम नै समावेस गरेका छैनन्।

पार्टी भित्र न्यायको खोजी गर्दै विगत १३ दिनदेखि पार्टीका पूर्वसभापति सिंह, जिविस पूर्वसभापति यादव, नेविसंघका पूर्व सहमहामन्त्री राजेश रौनियार लगायतका दर्जन नेता कार्यकर्ता हाल पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका छन्।

कांग्रेसको पार्टी विधानमा वडा कार्यासमितिको निर्णयसहितको माइन्युट र सभापतिको हस्ताक्षरसहित गाउँ वा नगर कार्यसमिति, प्रतिनिधिसभा सभा सदस्य क्षेत्रिय समिति हुँदै जिल्ला कार्यसमितिबाट पार्टी केन्द्रीय निर्वाचन समितिमा पठाउनु पर्छ।

वडाको सिफारिस बिना र क्षेत्रिय कार्यसमितिको बैठक समेत नगरी तीनै जना क्षेत्रिय सभापतिले पार्टी केन्द्रीय निर्वाचन समितिमा जथाभावी सदस्यता संख्या थप गरेका छन्।

विगतमा समेत तीनै क्षेत्रिय सभापतिहरुले तत्कालिन फोरम लोकतान्त्रिकबाट समायोजन भइ आएका भनी नक्कली नाम राखी तीन हजार बढी क्रियासिल सदस्यको नाम सिफारिस गरेकोमा त्यसलाई पार्टी केन्द्रीय कार्यसमितिले यसअघि नै खारेज गरिसकेको छ।

फोरमबाट आएकाको समायोजनको नाममा नक्कली नाम थप्ने प्रयास असफल भएपछि क्षेत्रिय सभापतिहरुले १३ औं महाधिवेशनमा छुट भएको १ सय ६६ जनाको नाम भनी सिफारिस गरेकामा केन्द्रीय निर्वाचन समितिले ति नाम रोक्का राखेको थियो। तर, पार्टी केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिको निर्णय विपरित ति क्षेत्रिय सभापतिहरुले पुरानो १६६ र नयाँ १६६गरी जम्मा ३३२ जनाको नाम थपेर क्रियाशिल सदस्य भनी नाम ईन्ट्रि गरेका छन्।

पार्टीको केन्द्रीय कार्यसमितिले गरेको निर्णय र केन्द्रीय निर्वाचन समितिको निर्णयलाई उल्लंघन गरी बारम्बार सदस्यता वितरण र सिफारिस प्रक्रियामा पार्टीको बिधान विपरित हर्कत गर्ने बारा क्षेत्र नं १ का सभापति विजय शंकर प्रसाद यादव, २ नम्वर क्षेत्रिय सभापति रामप्रवेश यादव, ४ नम्वर क्षेत्रिय सभापति र सुनिल गुप्ता र जिल्ला कार्यसमितिका सभापति भोला चौरसियालाई अनुसासनको कारबाहीको लागि सचेत नगराउँदा पार्टीमा अराजकता मच्चिएको धर्नामा बस्नेहरु बताउँछन्।

नयाँ सदस्यहरु नथप्ने हो भने पार्टीमा समावेसी प्रतिनिधित्व नहुने बाहना गर्दै हाल पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेकाहरु बिरुद्ध तीनै क्षेत्रिय सभापतिहरुले केन्द्रीय सदस्य मन्सुर र यादवको इसारामा बारा जिल्लाबाट आफू निकटका कार्यकर्ता उतारेर भिँड देखाएका छन्।

भिँडबाटै पार्टीको बिधान मिच्न खोजिएको भन्दै धर्नाकारीहरुले न्याय माग्दा अन्याय गर्नेहरु वनै पार्टी कार्यालयमा जबर्जस्ती गर्न आएको बताउँछन्। पार्टी केन्द्रीय कार्यालयको मूल ढोका बाहिर धर्नामा बसेका बाराका पीडित कांग्रेस नेताका बिरुद्ध पार्टी कार्यालयको प्राङ्गणमा त्रिपाल टाँगेर मेस चलाएर रमिता देखाइरहेका छन्।

पीडित र अन्यायमा पर्नेहरुले न्यायको लागि शान्तिपूर्ण तरिकाले माग राख्नु त स्वभाविक नै थियो, तर पार्टी कार्यालयमा अन्याय गर्नेहरु नै धर्नामा बस्न गएको देख्दा स्वाभिमानी कांग्रेसको शीर निहुरिएको छ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७८ श्रावण ८, १७: ०३

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७८ श्रावण ८, १७: ०३

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७८ श्रावण ८, १७: ०३

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...