ओलीलाई नेपालको कटाक्ष: श्री ५ बडामहाराजबाट हामीलाई आममाफी मिलेछ ! – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

ओलीलाई नेपालको कटाक्ष: श्री ५ बडामहाराजबाट हामीलाई आममाफी मिलेछ !


नयाँ बिकल्प,

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै श्री ५ बडामहाराजको संज्ञा दिएका छन्।

पुष्पलाल मित्रता केन्द्रले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपालले महाराजाको शैलीमा अध्यक्ष ओलीले आफूहरूलाई विहीबार आममाफी दिएको घोषणाप्रति यस्तो कटाक्ष गरेका हुन्।

नेपालले भने, ‘हिँजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं !’

ओलीमा महाराजाको शैली र दम्भ कायम नै रहेकाले एकतामा समस्या आएको भन्दै नेपालले स्पष्टीकरण सोध्नु नै गलत भएको बताए। उनले एमालेको एकता र ओलीको सुधारका लागि आफू अहिले पनि संयमतापूर्वक बोलिरहेको पनि दाबी गरे।

‘डोरी जल्यो तर गाँठो उस्ताको उस्तै’ छ भनेजस्तै मान्छे सुध्रिएलान् भनेर बसेको तर प्रवृत्ति उही देखिएको बताए। ‘महाराजधिराज खुशी हुनु भएको छ। हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो। यही हो पद्धति? यसलाई कम्युनिष्ट पद्धति भनिन्छ?’ नेपालको प्रश्न थियो।

‘स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें । अब फिर्ता लिएको छु भनिदिएको भए हाइट घट्थ्यो?, नेपालको प्रश्न थियो। उनले बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम नभएको कटाक्ष गरे।

उनले भने, ‘मसँगै जोडिएका २३ जनालाई सलाम भन्न चाहन्छु। ११ जना, जसले कमसेकम विपक्षमा भोट खसाल्नु भएन। उहाँलाई पनि सलाम भन्न चाहन्छु।’

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण ८, १८: ५२

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण ८, १८: ५२

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण ८, १८: ५२

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...