
नयाँ बिकल्प,
काठमाडौँ –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलिय गठबन्धनमा रहेको नेकपा माओबादी केन्द्रले ५ वटा मन्त्री पाउने निश्चित छ। दुई जना जनार्दन शर्मा र फम्फा भूषाल मन्त्रिपरिषद्मा समावेस भइसकेका छन्।
आफ्नो भागमा ७ मन्त्रालय दिनु पर्ने माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउवासँग आग्रह नगरेका होइनन्, तर प्रधानमन्त्री देउवा माओबादीलाई हाललाई ५ र पछि सम्भव भएमा ६ भन्दा बढी भाग दिने पक्षमा छैनन्।
बुधबार प्रधानमन्त्रीको सरकारी निवासमा भएको सत्तारुढ घटकको बैठकमा सरकार गठन भएको दुई साता वितिसकेको भन्दै प्रधानमन्त्री देउवाले सरकारमा सहमागी हुने मन्त्रिको नाम दिन प्रस्ताव गरेसँगै प्रचण्ड तनावमा परेका छन्।
तीन दिनअघि मात्र प्रचण्डले पार्टीका भएजति सबै सांसद मन्त्रीको आकांक्षी हुँदा आफूलाई मन्त्री छान्न निकै सकस भएको र तनावमा परेको बताएका थिए। उनले मन्त्री हुँदा खुसी हुने र मन्त्री नपाउँदा नेतृत्वलाई गाली गर्ने परिपाटी भएको समेत बताएका थिए।
प्रचण्डलाई आफ्नै बुहारी विना मगरलाई दोहोर्याएर मन्त्री बनाउनु पर्ने बाध्यता परेको छ। १० महिनाअघि नै तत्कालिन नेकपाको सरकारमा खानेपानी मन्त्री रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउन खोज्दा प्रचण्डले पद जोगाउन अडान लिएको थिए।
परिवारको सदस्य भएको र भूगोलको हिसावले सुदूरपश्चिममा माओवादी केन्द्रको बलियो नेताको रुपमा रहेका लेखराज भट्टले प्रचण्डलाई छाडेर ओलीसँगै एमालेमा प्रवेश गरेपछि मगरलाई महिला बालबालिका मन्त्रीमा भए पनि राख्नु पर्ने बाध्यतामा प्रचण्ड परेका छन्।
प्रतिनिधिसभाको निर्वाचनमा डा. बाबराम भट्टराईसँग गोरखामा पराजित भएर पनि राष्ट्रिय सभाको सदस्य बनाइएका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित प्रभावशाली मन्त्रालय पाउनु पर्ने भन्दै मुख मिठ्याइरहेका छन्।
आफू उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय पाउनु पर्ने उनले प्रचण्डलाई दबाब दिए पनि उनलाई उपप्रधानमन्त्री दिँदा सत्तारुढ कांग्रेस, जसपा र माधव नेपाल पक्षबाट आउनेलाई मर्यादाक्रम मिलाउन सकस हुने प्रधानमन्त्री देउवाले प्रचण्डलाई भनी सकेका छन्।
माओबादी केन्द्रमा आफू निकटका प्रभावशाली नेता गिरिराजमणी पोखरेललाई बारम्बार मन्त्री बनाइएको भनेर आलोचना हुने भए पछि श्रेष्ठले आफ्नो गुटबाट आफै सरुकारमा जान खोजेका हुन्। उनले आफूलाई सरकारमा नलगिए शशि श्रेष्ठ पोखरेललाई राख्नै पर्ने दबाब प्रचण्डलाई दिएका छन्।
यौनदूराचारको अभियोगबाट जिल्ला र उच्च अदालतबाट सफाई पाइएसकेका पूर्वसभामुख कृष्णबहादुर महराले पनि उपप्रधानमन्त्री सहित शक्तिशाली मन्त्रालयकाे दाबी गरेका छन्। रामबहादुर थापा बादलसँगै पार्टी एकीकरणा गर्न भूमिका खेलेका संसदीय दलका उपनेता देव गुरूङ पनि मन्त्रीकाे प्रमुख दाबेदार हुन। उनी एमसीसीकाे कट्टरविराेधी भएकाले प्रधानमन्त्रीसँग शुरूमै खटपट हुन सक्ने शंका प्रचणडलाइ छ। त्यसैले उनी गुरूङकाे ठाउँमा पहिले नै पम्फा भूषाललाइ मन्त्री बनाउँदा खुसी थिए।
त्यस्तै, आफूलाई मन्त्रि नबनाएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रभावमा परेर झण्डै माओवादी छाडेका हरिबोल गजुरेल आफूलाई कुनै हालतमा मन्त्री बनाउनु पर्ने भन्दै प्रचण्डलाई दबाब दिइरहेका छन्।
त्यस्तै, ओली नेतृत्वको सरकारमा ओलीकै बक्रदृष्टिका कारण मन्त्री पदबाट छोडाइएको भन्दै गुनासो गरिरहेका मातृकाप्रसाद यादवल मशेधबाट आफ्नो बिकल्पमा कुनै पनि सांसद नेता नरहेको बताइरहेका छन्। यादवलाई २ नम्वर प्रदेशमा टक्कर दिने सांसद प्रभु साह एमाले प्रवेश गरिसकेका छन्।
एक नम्वर प्रदेशबाट आफूलाई मन्त्री बनाउनु पर्ने भन्दै मोरङका शिवनारायण मण्डलदेखि भोजपुरका सुदन किराँतीले प्रचण्डलाई आग्रह, दबाब र चेतावनी दिइरहेका छन्।
बागलुङका देवेन्द्र पौडेल, रोल्पाकी जयपुरी घर्ती र महेश्वर गहतराजm् सिन आफूलाई मन्त्री पद दिनै पर्ने भनेर दबाब दिइरहेका छन्। माओबादी केन्द्रका प्रतिनिधिसभामा ४९ र राष्ट्रिय सभामा १४ गरी ६३ सांसद छन्।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...