
नयाँ विकल्प
काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ। सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।
एन्फा र लिगमा सहभागी हुने १४ क्लबका प्रतिनिधिबीच आइतबार भएको बैठकले लिगको समय परिवर्तन गर्ने निर्णय गरेको हो। यसअघि ए डिभिजन लिग असोज ३ गतेदेखि तय भएको थियो।
साफ च्याम्पियनशिप आगामी असोज तेस्रो साता आयोजना हुने भएकाले लिग ढिला गर्नुपरेको एन्फाले जनाएको छ। यसपटक लिग विजेताले रु ७५ लाख पुरस्कार प्राप्त गर्ने छ। यसअघि विजेताले रु ५० लाख पाउने गरेको थियो।
यस्तै लिग उपविजेताले रु ५० लाख पुरस्कार प्राप्त गर्ने छ। यसअघि उपविजेतालाई रु २५ लाख दिइने गरिएको थियो। तेस्रो हुने टोलीले रु २५ लाख पुरस्कार प्राप्त गर्नेछ।
ए डिभिजन लिगमा सहभागी हुने प्रत्येक क्लबलाई प्रतियोगिताको तयारीका लागि रु २० लाख उपलब्ध गराउने एन्फाले जनाएको छ।
लिगको अङ्कतालिकाको पुछारमा रहने दुई टोली बी डिभिजनमा घटुवा हुनेछन्। लिगका लागि खेलाडीको दर्ता प्रक्रियाको थालनी भइसकेको छ।
लिगमा सहभागी हुने १४ वटै क्लबले खेलाडीलाई अनुबन्ध गर्ने काम गरिरहेका छन्।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...