
नयाँ विकल्प,
काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र गलत नजिर स्थापित हुन लागेको भन्दै खबरदारी गर्न प्रवक्ता किरण राईले सोमवार आफ्नो पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवादको छानबिनका लागि खेलकुद मन्त्रालयलाई जिम्मा दिने विषयमा असहमत भएका प्रवक्ता किरण राईले आज आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
केन्द्रीय सदस्यसमेत रहेका किरण राईले पत्रकार सम्मेलनमा नेपाली फुटबलमा देखिएका पछिल्ला गतिविधि दुवै तर्फबाट बन्द गर्न आह्वान गरे ।
प्रशिक्षक र उपाध्यक्षबीचको समस्या समाधानका लागि खेलकुद मन्त्रालयलाई जिम्मेवारी दिने कामले गलत नजिर बसाउने राईको भनाइ छ ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...