फरक भूमिकाबाट क्रिकेटमा जोडिए व्यवस्थापनमा आउने पारस खड्काको भनाइ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

फरक भूमिकाबाट क्रिकेटमा जोडिए व्यवस्थापनमा आउने पारस खड्काको भनाइ


नयाँ विकल्प,

काठमाडौं – हिजो मङ्गलवार अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले फरक भूमिकाबाट क्रिकेटमा जोडिने बताएका छन् ।

बुधवार पत्रकारसँगको भेटघाट कार्यक्रममा क्रिकेटको प्यासन सकियो र चुनौती सामना गर्न क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फर्किने बताएका हुन् ।

यसअघि राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्काले मङ्गलवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे ।

उनको घोषणाले समर्थकहरू आश्चर्यमा परेको भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहँदा पूर्वकप्तान खड्काले भने धेरै सोच विचार गरेर सन्न्यासको निधो गरेको बताए ।

अबको बाटो कुन भन्ने प्रश्नमा खड्काले क्रिकेट व्यवस्थापनमा आउन चाहेको प्रतिक्रिया दिए ।

नयाँ पुस्ता अहिले राष्ट्रिय टोलीमा आएको र उनीहरूको सम्भावना धेरै भएको भन्दै खड्काले व्यक्ति भन्दा पनि टिमको प्रदर्शनले अर्थ राख्ने बताए ।

सन्न्यासको घोषणा गरेका पूर्वकप्तान पारसले केही समयभित्रै क्रिकेट एकेडेमीको सुरुवात गरेर देशभर लैजाने योजनामा आफू रहेको बताए ।

उनले सोचेजस्तो व्यवस्थापकीय यात्रा गर्न पनि चुनौती नै छ ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ श्रावण २०, २०: ५२

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ श्रावण २०, २०: ५२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ श्रावण २०, २०: ५२

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...