घाँटीको संक्रमणपछि डा. केसीको स्वास्थ्य बिग्रियो – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

घाँटीको संक्रमणपछि डा. केसीको स्वास्थ्य बिग्रियो

काठमाडौं । जुम्लामा १६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ । उनको चिसोका कारण तीन दिनदेखि फेरेन्जाइटिस नामक घाँटीको संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् ।

फेरेन्जाइटिसकै कारण उनको आवाजमा समेत परिवर्तन आएको छ । उनको रगतमा सेतो कोषिकाको मात्रा कम हुनुका साथै घाँटी दुख्ने, घाटी खसखसाउने, खोकी लाग्ने, पेट दुख्ने, मुटुको चालमा गडबडी हुने, मांसपेशी बाउडिने जस्ता समस्या देखिएको छ । उनको रगतमा म्याग्नेसियमको मात्रा समेत कम हुँदै गएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

डा. केसी निकट डा. विषद दाहालले भने, ‘डा. केसीको अवस्था नाजुक हुँदै गएको छ । उनमा प्रत्येक पटक नयाँनयाँ समस्या देखिँदै गएकोमा अहिले फेरेन्जाइटिस देखिएको छ ।’ फेरेन्जाइटिस विशेषगरी घाँटीको पछाडि रहेको टन्सिल तथा भोकल बक्सबीचको भाग सुन्निएर हुने गर्छ ।

फेरेन्जाइटिस भएमा खोकी लाग्ने, रुघा लाग्ने, जीउ दुख्ने, ज्वरो आउने टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने लगायतको समस्या हुने गर्छ । फेरेन्जाइटिसको समयमै उपचार नगरे मिर्गौलालाई असर गर्नुका साथै बाथ ज्वरोका कारण मुटुको भल्भमा समेत गभीर असर पार्ने चिकित्सकहरु बताउँछन् ।

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०७५ असार ३२, ०९: ०७

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०७५ असार ३२, ०९: ०७

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०७५ असार ३२, ०९: ०७

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...