अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित तरिकाले उद्धार गर्न गृहमन्त्री खाँणको निर्देशन – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित तरिकाले उद्धार गर्न गृहमन्त्री खाँणको निर्देशन

नयाँ विकल्प,

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउनका लागि पहल सुरु गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर निर्देशन दिएका हुन् ।

मन्त्री खाँणले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने कार्ययोजना बताउँन निर्देशन दिँदै नेपाल फर्काएपछि उनीहरुको पिसीआर परीक्षण, होल्डिङ सेन्टर, क्वारेन्टिनलगायत व्यवस्था गरी उनीहरुलाई घरसम्म पुर्याउने गरी कार्ययोजना तत्काल बनाउनुपर्नेमा जोड दिएका छन् ।

मन्त्री खाँणले मन्त्रिपरिषद्को बैठकले आजै अफगानिस्तानबाट नेपालीको उद्धार गर्ने सन्दर्भमा आवश्यक निर्णय गरेको जानकारी दिँदै सबै निकायबीच समन्वय र सूचना आदानप्रदान गर्न पनि निर्देशन दिए ।

बैठकमा परराष्ट्र सचिव भरतराज पौडेल नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, नेपाली सेनाका उपरथी सरोजप्रताप राणालगायत विभिन्न मन्त्रालयका अधिकारीले अफगानिस्तानमा रहेका नेपालीको अवस्था र उद्धारका सन्दर्भमा आवश्यक कामका विषयमा गृहमन्त्री समक्ष ब्रिफिङ गरेका थिए ।

सम्बन्धित समाचार

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
  • २०७८ श्रावण ३२, २०: २३

रसुवा : नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया...

कात्तिक १७ र १८ गते करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
कात्तिक १७ र १८ गते करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • २०७८ श्रावण ३२, २०: २३

काठमाडौं : यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ ।...

ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
  • २०७८ श्रावण ३२, २०: २३

काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न...